ghar sansar

सहकारीको ठगी धन्दा

khasi

मुलुकभर अहिले सहकारी खोल्ने र बचतकर्ताको जम्मा भएको रकम लगेर फरार हुने गरेका समाचारहरु आउने गरेका छन् । यसरी ठगी धन्दामा संलग्न केही सहकारीका व्यक्तिहरु पक्राउ परेर कारवाही हुने गरेको भए पनि ठगी गर्ने कार्य अझै रोकिन सकेको छैन । बचतकर्ताको बचत फिर्ता नगरी महेन्द्रनगर बजारको संविधान चोकमा कार्यालय भएको समावेशी बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय तीन महिनादेखि बन्द गरिएको छ । तीन महिना अघिसम्म दैनिक कार्याय धाउने बचतकर्ताहरु अहिले दैनिक रुपमा सहकारीका सञ्चालक र कर्मचारीलाई फोन गरी बचत फिर्ताको अनुयन गर्दै आएका छन् ।

dirghayi clinic

सहकारीले आश्वासन अनुसार बचत फिर्ता नगरी कार्यालय बन्द भएपछि बचतकर्ताहरु विभिन्न निकाय गुहार्न पुगेका छन् । केही समय अघि कञ्चनपुर जिल्लास्थित एक सहकारी संस्थाका अध्यक्षले शेयर सदस्य तथा सर्वसाधारणको लाखौं रकम लिएर फरार भएकी थिइन । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडी शाखाकी सञ्चालक समिति अध्यक्षले रकम लिएर फरार भएकी थिइन । उनले आफै सञ्चालक समिति अध्यक्ष रहेको साना किसान कृषि सहकारी संस्थाका साथै नेपाल ग्रामीण विकास लघुवित्त संस्था लिमिटेड, उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको झलारी शाखालगायतका विभिन्न संस्थाबाट विभिन्न व्यक्तिको नाममा करिव ८० लाख रुपैया भन्दा वढी रकम निकालेर केही महिनादेखि फरार भएकी थिइन ।

त्यस्तै महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको आरोपमा मुद्दा चलिरहेको छ । बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार चार सय ९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिए पछि कारवाही चलिराखेको छ । भक्तपुरमा केन्द्रीय कार्यालय भई देशभरिका विभिन्न जिल्लामा शाखा कार्यालय रहेको शिवशिखर सहकारीको ठगी प्रकरण जस्तै देशभर यस्तै घटना भइराखेका छन् । बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैँया अपचलन गरेको अभियोगमा सहकारी बित्तिय विकास संस्थाका अध्यक्ष, संचालक समितिका सदस्य, कर्मचारी सहित ४१ जनाका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय बाकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत बाँकेमा दर्ता गरेको मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ ।

यस्तै देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम खाएको समाचर कान्तिपुरले छापेको छ । कान्तिपुरमा समाचार प्रकाशित भएपछि रवि भक्तहरुले पत्रिका समेत जलाएका छन् । मिडियाको नाममा करोडौ ठगी गरेका लामिछाने राजनीतिमा प्रवेश गरे पछि एक पछि अर्को गरी धमाधम ठगी काण्ड बाहिरिन थालेका छन् । मिडियाको आडमा ठगी गरेकै हुन भने कडा कारवाही हुनु पर्छ ।

Himal dental
सम्बन्धित
Loading...