राजधानीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, छानबिनका लागि समिति गठन

Amity

महेन्द्रनगर । दुई जनाको मृत्यु हुने ललितपुरको बालकुमारीमा भएको प्रदर्शन र झडप प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

janjyoti campus

उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेका जनाइएको छ । समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेश गर्न भनिएको छ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ। उनीहरुको मृत्यु गोली लागेर भएको आशंका गरिएपनि पुष्टि भने भइसकेको छैन । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली प्रहार समेत गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...