ghar sansar

एमालेको भीमदत्त नगर स्तरीय प्रशिक्षण : प्रशिक्षण दिने प्रशिक्षक धेरै, प्रशिक्षण लिने कार्यकर्ता थोरै

khasi

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले वार्षिक कार्ययोजना अनुसार सबै पालिकामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचन क्षेत्र नं. ३ का दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा प्रशिक्षण कार्यक्रम सकिएका छन् ।

सोमबार र मंगलबार दोधारा चाँदनी नगर कमिटी स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । दोधारा चाँदनी प्रशिक्षण कार्यक्रमलाई एमालेबाट निर्वाचित मेयर किशोर कुमार लिम्बुले बहिस्कार गरि दिएका छन् । एमाले दोधारा चाँदनी नगर कमिटीका निवर्तमान अध्यक्ष उनी हाल जिल्ला कमिटी सदस्य र दोधारा चाँदनी नगरपालिका ७ का वडा इन्चार्ज छन् ।

भीमदत्तमा शुक्रबारदेखि नगर स्तरीय स्तरीय सञ्चालन गरिएको हो । शुक्रबार पार्टीका केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, पार्टीका केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज कृपाराम राना, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर विक, कञ्चनपुर क्षेत्र नं. ३ का पूर्व सांसद डा.दीपक प्रकाश भट्ट लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएको जिल्ला पार्टी कार्यालयका सचिव अर्जुन कार्कीले जानकारी दिएका छन् ।

dirghayi clinic

शनिबार पार्टीका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिमका स्कुल विभाग संयोजक राजेन्द्र सिंह रावल, सल्लाहकार परिषदका सचिवालय सदस्य गोबिन्द कलौनी, एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण जैसी, प्रदेश कमिटी सदस्य महेश पन्त, जिल्ला कावा अध्यक्ष लक्ष्मी बुढा लगायतले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षणमा नगर कमिटीका करिब ४० जना नेता–कार्यकताहरु सहभागी भएका छन् । एमाले भीमदत्त नगर कमिटीका कार्यबाहक अध्यक्ष गणेश चन्दको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

एमाले जिल्ला कमिटी कञ्चनपुरले जिल्लाका ९ वटै पालिकामा दुई द्धिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्य तालिका बनाएको छ ।

आगामी दिनमा अन्य पालिकामा पनि प्रशिक्षण कार्यक्रम संचालन हुने छन् । प्रशिक्षण कार्यक्रमले कार्यकर्ताहरुको राजनीतिक र बैचारिक बुझाईमा एकरुपता आउनुको साथै पार्टी कमिटी सञ्चालन, दायित्व र जिम्मेवारी बोधको साथै समसामयिक विषयहरुमा पनि जानकारी हासिल हुने बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...