ghar sansar

गृहमन्त्री राजीनामा देऊ

khasi

युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको पछि ५० लाख भन्दा बढी युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन् । विदेशमा पसिना बगाए कामाउने यनै युवाहरुले पठाएको रेमिटेन्सबाट सरकार चलिराखेको छ । तर दुखद कुरो सरकारले नत स्वदेशमा रोगारी दिन सक्छ नत विदेश जान सहजता प्रदान गर्न सक्छ । शुक्रबार विदेश जान पाउ भनि माग गर्ने युवाहरुको माग सम्बोधन गर्नुको साटो सरकारले दुई जाना युवाकोज्यनै लिएको छ । हुनत १७ हजार जनतालाई मारेर सत्तामा पुगेकहरुलाई दुई जानाको ज्यान लिनु ठूलो कुरो नहुन सक्छ । तर त्यतिबेला मार्नु र अहिले मार्नुमा अन्तर छ । त्यतिबेला युद्धको नाम जोडेर मारेका थिए भने अहिले अराजकताको संज्ञा दिएर मारेका छन् ।

dirghayi clinic

आफुहरुले १७ हजार मार्दा पनि अराजकता नहुने तर केही युवाहरुले आप्mना माग राखेर आन्दोजन गर्दा अराजकता हुने दुर्भापूर्ण अवस्था हो । श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको छ । इपिएस कोरिया भाषाको फारम भर्ने विषयलाई लिएर युवाहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाइदिएका थिए । आगजनी र प्रदर्शन गर्नेमाथि प्रहरीले धरपकड गरेर करिब ४ दर्जन प्रदर्शनकारीलाई पक्राउ मात्रै गरेनन् दुई जानाको ज्यानै लिएका छन् । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द शाह रहेका छन् ।

सामाजिक संजालहरुमा देखिएको भिडियोहरुमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको देखिन्छ । स्थिति नियन्त्रणमा लिने नाममा प्रहरीले वैकल्पिक उपाय अपनाउन छोडेर हवाई फायर, गोली प्रहारलगायत अन्धाधुन्ध बल प्रयोग गर्दा प्रदर्शनकारीतर्फका दुई जनाले ज्यान गुमाउन पुगेका छन् । प्रदर्शनमा उत्रेका युवाहरुमा भएको दमन र हत्याको दृश्यले सरकारको क्रुरतालाई प्रदर्शन गरेको छ । मुलुकमा यस्तो क्रुर र निदय सरकार रहिरहने हो भने आज दुई जाना युवाले ज्यान गुमाउनु परेको छ भोलीका दिनमा यस्ता धेरै जनताले ज्यान गुमाउन नर्लिा भन्न सकिदैन । आन्दोलन गर्न पाउने जनताको अधिकारलाई कुठाराघात गर्ने सरकारको नियति यस अघि पनि देखिएको छ ।

कतिपय दल तथा समुहले गर्न खोजेको आन्दोलनका बेला पनि निशेधज्ञा जारी गर्ने र आन्दोलन दवाउने काम भएका छन् । यस्तो अलोकतान्त्रिक सरकारको मुलुकलाई आवश्यकता छैन । यस्तो अलोकतान्त्रिक सरकार हटाउन जनताले सडकमा उत्रिनु पर्दछ । यस्तो अलोकतान्त्रिक सरकारको चौतर्फी आलोचना भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रहरी नै गोली हानेर मार्ने प्रहरीले नै छानबिन गर्ने कुरो कति भरपर्दो र विश्वसनिय हुन सक्छ । यस्तो नाटक मन्चन गर्दैमा सरकार चोखो बन्न सक्दैन । अलिकति पनि नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिनु पर्दछ ।

Himal dental
सम्बन्धित
Loading...