
पुरानो वर्ष २०२३ सकिएर नयाँ वर्ष २०२४ सुरु भएको छ । राति १२ बजेबाट सुरु हुने नयाँ वर्ष विश्वभरका मानिसहरुले उत्सवको रुपमा मनाउने गर्दछन् । चीन, अमेरिकादेखि फ्रान्स र अष्ट्रेलिया लगायतका मानिसहरूले नयाँ वर्ष २०२४ धुमधामसंग मनाउने गर्दछन् । राति १२ बजे देखि मानिसहरु एकअर्कालाई नयाँ वर्ष २०२४ को शुभकामना दिदै यसको खुसीमा नाच्दै रमाउने गर्दछन् । नया“ वर्ष २०२४ को शुरुवातको अवसरमा विश्वका धेरै सहरमा कार्यक्रम आयोजना गरि मनाउने गरिन्छ ।
केही वर्ष यता नेपालमा पनि अंग्रेजी नया“ वर्ष मनाउने गरिन्छ । अंगे्रजी नयाँ वर्षमा मुलुकका प्रमुख पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकको चहलपहल सुरु हुने गर्दछ । भक्तपुरको नगरकोट, चितवनको सौराहा, कास्कीको पोखरा, तनहुँको बन्दीपुर, मुगुको रारा लगायतका स्थानमा आन्तरिक पर्यटकहरुको चहल पहल सुरु हुने र होटलहरु खचाखच भरिभराउ हुने गर्दछ । सन् २०२३ लाई विदाई गरेर नयाँ वर्ष २०२४ लाई स्वागत गर्न अधिकांश होटलहरु भरिभराउ हुने र विभिन्न स्थानहरुमा सास्कृतिक महोत्सवको समेत आयोजना हुने गरेको पाइन्छ । नेपालमा पनि अधिकांश कार्यक्रमहरु अंंग्रेजी वर्षको हिसावले गरिने हँुदा अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढदै गएको हो ।
नेपाल र नेपालीका लागि अंग्रेजी पुरानो पर्ष कस्तो बित्यो र आउने वर्ष कस्तो रहला भन्ने मुल्यांकन र अनुमान गर्ने चलन पनि रहि आएको पाइन्छ । सन् २०२३ नेपालीहरुका लागि कस्तो रह्यो, त्यसको मुल्यांकन गर्ने चलन पनि छ । स्वदेशमा रोगारी नभएकाले सन् २०२३ मा ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका छन् । घुम्ने बाहाना र पढनका लागि भनेर गएकाहरु सबैको हिसाब गर्ने हो भने आधा करोड युवा विदेशिन पुगेका छन् । विदेश जानकै लागि आएका दुई जाना युवालाई अस्ति मात्रै सरकारले गोली ठोकेरै मारेको छ । प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ र चार जना घाइते भएका छन् भने एक जना बन्धक बनाएको छ । सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।
समग्र मुलुकको उन्नति र प्रगतिको अवस्थालाई हेर्दा पनि सन् २०२३ सुखदपूर्ण देखिएन । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासंघले सन् २०२२ माभन्दा सन् २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेको जनाएको छ । सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकामा सन् २०२३ मा ५८ वटा घटना रेकर्ड भएका छन । पुरानो वर्षमा तीतामीठा जस्तासुकै घटना भएर सुखद तथा दुखद जस्तोसुकै भएको भए पनि विति सकेकोले वितेका कुरालाई विर्सेर आउने वर्ष सिंगो मुलुक र समग्र विश्वका लागि सुखद रहोस भन्ने काना गर्नु नै उपयुक्त हुन्छ । त्यसैले नेपाल र नेपालीको हितका लागि सन २०२४ सुखद रहोस भन्दै नया“ अग्रेजी वर्षलाई स्वागत गर्दछौ ।
