ghar sansar

चार सय केयरिङ्गकर्ता सरकार विरुद्ध सडकमा, सरकारसित लडाईमा होमिएको घोषणा

little buddha academy
khasi

सन्तोस पन्त
महेन्द्रनगर । भन्सार कार्यालयले साइकल केयरिङ्गबाट समान आयात गर्न नदिएपछि केयरिङ्गकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । झण्डै चार सय हाराहारीमा केयरिङ्गकर्ताले सोमबार भन्सार विरुद्ध प्रदर्शन गरेका छन् ।

सोमबार केयरिङ्कर्ताहरुले भन्सार कार्यालय र सरकार विरुद्ध नारा लगाउँदै साइकलमा महेन्द्रनगर बजार परिक्रमा गरेका छन् । ३० वर्षदेखि भन्सार काटी समान ल्याउने गरेकोमा भन्सार कार्यालयले पछिल्लो तीन महिनादेखि भन्सार काट्न छाडेपछि क्यारिङ्कर्ता सडकमा उत्रिन बाध्य भएको आन्दोलनमा सहभागी नन्दा पहरीले बताइन ।

,orning glory badhai

‘भन्सार काटी समान ल्याउन लागेको वर्षौ भयो । एकासी भन्सार कार्यालयले भन्सार काट्न छाडेपछि हामीलाई अप्ठ्यारो भयो’ पहरीले भनिन ‘गरिब, एकल महिलाले काम गर्दै घर चलाइरहेका थिए । भन्सार काट्न छाडेपछि क्यारिङ गरि घर खर्च चलाउने काम सरकारले खोस्यो ।’

dirghayi clinic

रोजगारी खोसिएको भन्दै सयौँ सडकमा उत्रिएका क्यारिङ्कर्ताहरुले आफूहरूको लडाइ सरकारसँग रहेकोले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन । आफूहरूले सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत मागको सुनुवाइ नभएको क्यारिङ्कर्ताको दुखेसो छ ।

नेपाल स्वरोजगार संघका केन्द्रीय सदस्य उमेश पाण्डेयले सरकारले केयरिङ्गकर्ताको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताए ।

नेपाल ट्रेड युनियन महासंघ र महासंघ आबद्ध घटकहरुले आन्दोलनलाई साथ दिएका छन् । गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भने साइकल क्यारिङ गर्नेहरूको भन्सार नकाट्ने कानुनी प्रावधान रहेकोले भन्सार नकाटिएको बताए ।

साभार : अत्तरिया अनलाइन

Himal dental
सम्बन्धित
Loading...