राष्ट्रिय सभा सदस्यका लागि कञ्चनपुरबाट काँग्रेसका ८ नेताको नाम सिफारिश

महेन्द्रनगर । सत्ता साझेदार नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि कञ्चनपुरबाट ८ नेताको नाम सिफारिश गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशी सहितका नेताहरु सिफारिश गरिएका छन् ।

यसैगरी कांग्रेसले सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिश गरेको छ । सुदूरपश्चिमको ३ सीटका लागि उनीहरुको नामावली सिफारिश गरिएको छ ।

कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाहले जिल्लाकै सिफारिसलाई सदर गर्दै केन्द्रमा पठाएको जानकारी दिए । प्रदेश समितिले सिफारिश गरेका नामहरुमा सबैभन्दा बढी कैलालीबाट परेका छन भने सबैभन्दा कम बझाङबाट परेका छन ।

कैलालीबाट १६ जनाको नाम राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस हुँदा बझाङबाट एक जनाको मात्रै नाम सिफारिस गरिएको छ ।

डोटीबाट ११ जना, डडेल्धुराबाट ५ जना, बैतडीबाट ८ जना, दार्चुलाबाट ९ जना, अछामबाट १४ जना र बाजुराबाट १० जनाको नाम सिफारिस गरिएको प्रदेश समितिले जनाएको छ ।

प्रदेश समितिले जिल्ला तहले पठाएको सिफारिसमा कुनै हेरफेर नगरेर केन्द्रमा पठाएपछि आकांक्षीहरुको दौडधुप बढेको छ ।

सम्बन्धित
Loading...