महेन्द्रनगर । कबर्ड हलमा १२ औं प्याब्सन महोत्सव चलि रहेको छ । महोत्सवमा विभिन्न खेल प्रतियोगिता जारी छन् । मंगलबार तेस्रो दिन एथ्लेटिक्स, कबड्डी, भलिबलका प्रतियोगिता भएका छन् ।
एथ्लेटिक्सका केही खेल र छात्रा भलिबलका खेल सकिएका छन् । छात्रा भलिबलमा ज्ञान वाटिका विद्या बोर्डिङ्ग स्कुलले प्रथम स्थान हासिल गरेको छ । यसैगरी सूर्योदय पब्लिक स्कुल द्वितीय र धुब्रतारा पब्लिक स्कुल तृतीय भए ।
एथ्लेटिक्स अन्र्तगत १ हजार ५ सय मिटरको दौड सकिएको छ । दौडमा मावितर्फ छात्रामा सूर्योदय पब्लिक स्कुल प्रथम, न्यू सरस्वती विद्या मन्दिर द्वितीय र इन्टरनेशन तृतीय भए ।
आधारभूततर्फ छात्रामा कस्मोपोलिटन स्कुल प्रथम, सूर्योदय पब्लिक स्कुल द्वितीय, अनरनिको बोर्डिङ्ग स्कुल तृतीय भए । छात्रतर्फ इन्टरनेशनल प्रथम, मेधावी स्कmुल द्वितीय र अरनिको बोर्डिङ्ग स्कुल तृतीय भए ।
आधारभूततर्फ लङ्ग जम्पमा छात्रमा सूर्योदय पब्लिक स्कुल प्रथम, मेधावी स्कुल द्वितीय र चन्द्रदेब इङ्गलिश बोर्डिङ्ग स्कुलले तृतीय स्थान हासिल गरे । छात्रामा डायमण्ड पब्लिक स्कुल प्रथम, सनराइज पब्लिक स्कुल द्वितीय र एभरेष्ट इभरग्रिन तेस्रो भएको छ ।
आधारभूत तहको त्रिपल जम्पमा छात्रतर्फ शिशु विद्या मन्दिरले प्रथम स्थान हासिल गरेको छ । इन्टरनेशल द्वितीय र मेधावी स्कुलले तृतीय स्थान हासिल गरेका छन् ।
छात्रामा सनलाइट पब्लिक स्कुल प्रथम, न्यू सरस्वती विद्या मन्दिर द्वितीय र मोडर्न मन्टेश्वरी तृतीय भए ।
त्रिपल जम्पको माध्यमिक तहतर्फ छात्रमा इन्टरनेशनल पब्लिक स्कुल प्रथम, सूर्योदय पब्लिक स्कुल द्वितीय र होली फेमली इङ्गशिल मिडियम स्कुल तृतीय भएक । छात्रार्फ न्यू सरस्वती विद्या मन्दिर प्रथम, होली फेमली द्वितीय र सूर्योदय पब्लिक स्कुल तृतीय भए ।
आधारभूत तहतर्फ त्रिपल जम्प छात्रतर्फ सूर्याेदय पब्लिक स्कुल प्रथम, चन्द्रसूर्य बाल विद्यालय द्वितीय र वेष्टर्न पब्लिक स्कुल तृतीय भए । यसैगरी छात्रातर्फ होली फेमली प्रथम, न्यून सरस्वती विद्या मन्दिर द्वितीय र सूर्याेदय पब्लिक स्कुल तृतीय भएका छन् ।
माध्यमिक तहको सटफुटमा छात्रतर्फ इन्टरनेशन प्रथम, सूर्योदय पब्लिक स्कुल द्वितीय र न्यू सरस्वती विद्या मन्दिर तृतीय भए । छात्रातर्फ सूर्योदय पब्लिक स्कुल प्रथम, न्यून सरस्वती विद्या मन्दिर द्वितीय र डायमण्ड पब्लिक एकेडेमी तृतीय भएका छन् ।
महोत्सव अन्र्तगत ब्याडमिन्टन र टेबलटेनिसका खेलहरु सोमबार सकिएका थिए ।आइतबारदेखि सुरु महोत्सव बुधबारसम्म सञ्चालन हुनेछ । बुधबार औपचारिक कार्यक्रम सहित महोत्सव समापन गरिनेछ ।
प्याब्सनले विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा उजागार गर्न, खेलाडी उत्पादन गर्न र विद्यालयहरुको आपशी सम्बन्ध बलियोन बनाउन महोत्सव आयोजना गर्दै आएको हो ।
११ औं महोत्सवपछि कोरोना महामारीका कारण चार वर्षसम्म रोकिएको महोत्सव यस वर्षदेखि निरन्तरता दिइएको हो । महोत्सवमा जिल्लाभरका प्याब्सन आवद्ध तीन दर्जन विद्यालय सहभागी छन् ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले महोत्सवमा उत्साहपूर्ण रुपमा खेलहरु भई रहेको बताए ।
‘आजसम्म एकदमै उत्साहपूर्ण रुपमा खेलहरु भई रहेका छन्, विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाई रहेका छन्’ उनले भने,‘समापनसम्म यो उत्साहलाई कायम राख्छौ ।’
महोत्सवका खेल प्रतियोगिता हेर्न विद्यार्थी, शिक्षक, कर्मचारी सहित अभिभावकहरु समेत कबर्डल आउने गरेका छन् ।
महोत्सव व्यवस्थापन मूल समितिका संयोजक प्याब्सन उपाध्यक्ष महादेब प्रसाद भट्टले समापन कार्यक्रममा विजेता विद्यार्थीहरुलाई शिल्ड, पदक र प्रमाण पत्र प्रदान गरिने बताए ।