ghar sansar

कर्मकाण्ड दर्पणमा गायत्री मन्त्र पुस्तक प्रकाशन समितिको आपत्ति, पुस्तक सच्याउन आग्रह

महेन्द्रनगर । गायत्री मन्त्र पुस्तक प्रकाशन समितिले विज्ञप्ति जारी गरी दीर्घराज ओझाद्वारा संकलित कर्मकाण्ड दर्पण नामक पुस्तकमा उल्लेख गरिएका केही अंशहरुप्रति आपत्ति जनाउँदै खण्डन गरेको छ ।

आ–आफ्ना धर्म संस्कृति बलियो पार्न संगठित रुपमा प्रचारप्रसार भई रहेको बेला उक्त पुस्तकमा गायत्री मन्त्र जप गर्न जातै पिच्छे अलग अलग गरिएकोमा भत्र्सना गरेको छ ।

बहादुर महता लगायत १४ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा गायत्री मन्त्र र बटुक मन्त्र जात अनुसार फरक गरिएको उक्त पुस्तकलाई सच्याउन आग्रह गर्दै समाजमा यस्तो विखण्डन ल्याउने पाखण्डी लेखक भनौदाहरुले कसैलाई उच र निच देखाउने अधिकार कहाँबाट पायो । यसरी जातीय विभेद गर्ने अधिकार कसले दियो । यस्ता जातीय विभेद गर्नेहरुलाई समाजले नङ्ग्याउने चेतावनी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...