ghar sansar

राष्ट्रिय सभा सदस्यका लागि कञ्चनपुरबाट एमालेका खरेल सहित चार जना सिफारिश

Amity

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ । एमालेको प्रदेश कमिटीले सुदूरपश्चिमका सबै जिल्लाबाट आएका नाममा छलफल गरी उम्मेदवारका लागि केन्द्रमा पठाउने छ ।

एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल सहित राष्ट्रिय सभा सदस्यका लागि सिफारिश गरिएका छन् । उनीहरुमा नन्दादेबी धामी, चित्रा चौधरी र हरिदत्त भट्ट हुन् । एमाले कञ्चनपुरका अध्यक्ष भई सकेका खरेल भीमदत्त नगरपालिकाका पूर्व उप मेयर हुन् ।

lotus institite

एमाले प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दको पार्टीको निर्देशन अनुसार राष्ट्रिय सभा सदस्यका लागि चार जनाको नाम प्रदेश कमिटीमा पठाइएको बताए ।

Himal dental
सम्बन्धित
Loading...