सरकारी सेवाका लागि सदरमकाम आउनु पर्ने बाध्यता हटाउनु पर्ने माग गर्दै नेकपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

Amity

गणेश एसके
महेन्द्रनगर । नेपाल कम्युुनिष्ट पार्टी कञ्चनपुर जिल्ला समितिले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार नेकपा कञ्चनपुरले जनताको जनजीविकासंग सम्बन्धित विषयलाई लिएर जिल्ला प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

janjyoti campus

देश संघीयतामा प्रवेश गरे पनि जनतालाई दिनु पर्ने सेवा सुविधा लिन जिल्लाको सदरमुकाम नै पुग्नु पर्ने बाध्यतालाई अन्त्य हुनु पर्ने माग नेकपाले रहेको छ । नागरिकता , जग्गा किनबेच र परिचयपत्र निर्माणका कामहरु स्थानीय तहबाट हुनुपर्ने नेकपाले ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जिल्ला प्रमुख अधिकारी गोपाल प्रसाद अधिकारीले जनतालाई सेवा प्रवाह गर्ने कुरामा केही राज्यको कानूनी प्रावधानको कारण घुमाउरो भएको बताए ।

जनतालाई सहज सेवा प्रदान गर्नका लागि तपाईंको पार्टीलाई गरिएको पहललाई माथिल्लो निकायमा पत्राचार गरिनेछ , उनले भने । प्रशासनमा ज्ञापनपत्र बुझाउन नेकपा कञ्चनपुरका नेता कार्यकर्ता सहभागी रहेका थिए ।

ghar sansar
सम्बन्धित
Loading...