ghar sansar

मेडिकल अधिकृत छनौटमा शुक्लाफाँटा नगरपालिकाको आयो यस्तो धारणा

Amity

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले पिपलाडीस्थित नगर अस्पतालमा नियुक्त मेडिकल अधिकृत छनौट सम्बन्धि धारणा सार्वजनिक गरेको छ ।

शुक्लाफाँटाका नगर प्रवक्ताले शुक्रबार प्रेस नोट जारी गरी कार्यालयको धारणा सार्वजनिक गरेका छन् ।

lotus institite

शुक्लाफाँटा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
झलारी, कञ्चनपुर
सुदूरपश्चिम प्रदेश, नेपाल

मितिः २०८०/०९/२० गते

मेडिकल अधिकृत नियुक्ति सम्बन्धि प्रेस नोट

मिति २०८०/०९/१९ गते सेतीकाली अनलाईनमा शुक्लाफाँटामा पहुँचका भरमा कर्मचारी भर्ना, हाकिमका छोरा बने मेडिकल अधिकृत शिर्षकको समाचार प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।यस किसिमका भ्रामक र तथ्यहीन समाचार प्रति सचेत रहन सम्पुर्ण नगरवासी तथा आम जनसमुदायमा अनुरोध गर्दछु ।

यस शुक्लाफाँटा नगरपालिकाले पिपलाडी स्थित आधारभूत अस्पतालमा चिकित्सकिय सेवा उपलब्ध गराउदै आएको र पछिल्लो समयमा मेडिकल अधिकृत पद रिक्त रहेको हुदा मिति २०८०/०८/२४ गतेको १५१ औं कार्यपालिका बैठकबाट मेडिकल अधिकृत नियुक्त गर्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूको संयोजकत्वमा छनौट समिति गठन भई मिति २०८०/०९/०१ गतेमा भर्ना आवेदनको लागि सूचना प्रकाशन गरिएको थियो । उक्त सूचना वमोजिम यस कार्यालयमा पेश भएका आवेदनहरु मध्ये १ जना यस कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको आफ्नै परिवारको सदस्य भएको हुदा स्वार्थ बाझिने देखिएकोले निजद्वारा मेडिकल अधिकृत छनौट प्रकृयामा सहभागी नहुने भनि प्रशासन शाखा हेर्ने अधिकृतलाई जिम्मेवारी दिइएको थियो । अन्तरवार्ता  छनौट समितिमा यस कार्यालयका प्रशासन शाखा प्रमुख, स्वास्थ्य शाखा प्रतिनिधि र विषय विज्ञको रुपमा महाकालि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई आमन्त्रण गरिएको थियो ।अन्तरवार्ता समितिलेजन स्वास्थ्य सम्बन्धि, प्रशासनिक अभिरूची र विषयवस्तु सम्बन्धि ज्ञान सिप वापत क्रमशः ५, ५ र ४० अङ्कभार कायम गरेको देखिन्छ । अन्तरवार्तामा समितिले मिति २०८०/०९/१८ गते अन्तरवार्ता परिक्षा संचालन गरि गरेको सिफारिस बमोजिम कार्यालयले सोही मितिमा मेडिकल अधिकृत छनौटको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

नगरपालिकाले कर्मचारी भर्नाको लागि खुला रुपमा सूचना आह्वान गरी योग्यता पुगेका आवेदकहरुबाट आवेदन संकलन गरी विषय विज्ञ समेतको समितिले अन्तरवार्ता परीक्षा संचालन गरी निष्पक्ष रुपमा कर्मचारी छनौट गरेको परिपेच्छ्मा केही संचार माध्यम र केही व्यक्तिहरुले सामाजिक संजालमा कर्मचारी छनौटमा मिलेमतो र अनियमितता भएको भनि गलत र झुट्टा समाचार प्रकाशित गरेको देखिन्छ ।  यस किसिमका अपूष्ट, भ्रामक समाचार तथा सार्वजनिक अभिव्यक्तिहरु सिमित व्यक्तिहरु व्यक्तिगत, राजनैतिक र व्यवसायिक स्वार्थबाट अभिप्रेरित तथा परिचालित भएको अनुभव भएको छ ।  शुक्लाफाँटा नगरपालिका सुशासन, पारदर्शिता र जवाफदेहीता प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दै स्थानीय तहको कामकारवाहीबारे अनर्गल दुस्प्रचार गरि जनप्रतिनिधि, सार्वजनिक प्रशासन र आम नागरिकहरु वीचको सहकार्य र सहिष्णुतामा नकारात्मक असर पार्ने समाचार तथा अभिव्यक्तिहरु प्रति सचेत रहन सम्पुर्ण संचारकर्मी तथा आम नागरिकहरुमा अनुरोध गरिन्छ । नगरपालिकाको समग्र विकासको लागि सम्पुर्ण नगरवासी, संचार क्षेत्र, निजी क्षेत्र तथा सार्वजनिक क्षेत्रको सहकार्य अत्यावश्यक भएकोले यहाँहरु सम्पुर्णको साथ सहयोगको अपेक्षा गरेको छु । साथै यस विषयमा वा नगरपालिकाका अन्य काम कारवाही सम्बन्धि कुनै जानकारी लिन, गुनासो तथा सुझाव दिन कार्यालयमा सम्पर्क गर्नहुन समेत अनुरोध गर्दछु ।

नगर प्रवक्ता

Himal dental
सम्बन्धित
Loading...