ghar sansar

सफल बचत तथा ऋण सहकारीको अध्यक्षमा कुँबर चयन

महेन्द्रनगर । सफल बचत तथा ऋण सहकारी संस्था लि.को १४ र्औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट कृष्ण बहादुर कुँबर अध्यक्ष चयन भएका छन् । कञ्चनपुर निर्माण व्यवसायी संघको सभा कक्षमा सम्पन्न साधारण सभाबाट कुँबरको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

सहकारीको उपाध्यक्षमा कमलेश कपाडी, सचिव हेमराज जोशी र काषाध्यक्षमा नवराज जोशी चयन गरिएका छन् । सदस्यमा कुशुम भट्ट, श्रीकृष्ण भट्ट, बिर्ज किशोर चन्द, लक्ष्मी कुमारी पाण्डेय जोशी, माधव राज जोशी चयन भएका छन् । अशोक भण्डारीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । समितिमा हेम राज भट्ट र पदम चिलवाल सदस्य छन् ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले साधारण सभा उद्घाटन गरेका थिए । उद्घाटन बन्द सत्रबाट नयाँ समिति चयन गरिएको छ ।

mahostaw

सहकारीका निवर्तमान अध्यक्ष होम बहादुर कुँबरको अध्यक्षतामा उद्घाटन सत्र गरिएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथि बोहराले सहकारी संस्थाहरुले उत्पादनमुलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । उनले दुध, फलफूल, मासु, अण्डा लगायतका उत्पादन सहकारी संस्थाले किसानसम्म पुगेर कारोबार गर्न सक्ने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि सुदूरपश्चिम विशिष्ठ एकीकृत सहकारी संघका अध्यक्ष एबम् उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. प्रमुख कार्यकारी गणेश बहादुर चन्दले सहकारी संस्था सहकारी ऐन अनुसार सञ्चालन हुनु पर्ने उल्लेख गर्दै ब्याजको लोभमा धेरै सहकारीमा शेयर हाल्ने र बचत गर्ने प्रवृत्ति भएकाले नियन्त्रण हुनु पर्ने बताए । ‘सहकारी ऐनले एक भन्दा बढी सहकारी संस्थाको शेयर सदस्य बन्न नसकिने भनेको छ, यहाँ त ब्याजको लोभमा धेरै सहकारीको शेयर सदस्य छौ, यो राम्रो होइन’ उनले भने ।

उदयदेब सहकारीले एक भन्दा बढी सहकारीमा सदस्य भएका शेयर सदस्यको शेयर फिर्ता गर्न लागेको जानकारी दिए ।
सहकारी संस्थाले सहकारीका ऐन अनुसार काम गर्न अवरोध भएको उल्लेख गर्दै उनले अहिले ३६ भन्दा बढी ऐन पालना गरी सहकारीले कामकाज गर्न पर्ने बाध्यता रहेको सुनाए ।

सफल बचतका संस्थापक अध्यक्ष माधव प्रसाद जोशीले सानोतिनो सानो पूँजीबाट उद्यम व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई लक्षित गरी सहकारी स्थापना गरिएको बताए ।

जनज्योति बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष भवानी चन्दले सहकारी ऐनका आधारमा सहकारीले कामकाज गर्न नसक्ने अवस्था भएकाले अन्य कानुन पालना गर्न पर्ने बाध्यताले असहजता भएको बताए ।

सहकारी संस्थामाथि अनावश्यक रुपमा आयकर तिर्न पर्ने बाध्यता गरिएको उल्लेख गर्दै उनले आयकर वापत सहकारीले पाउने सेवा सुविधा केही नभएको चन्दले दुखेपोा पोखे ।

नेपाल बैंक लि. महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेशराज जोशीले सहकारी संस्थाले डिजिटल ट्रान्सफरर्मेसन र वित्तिय साक्षरताका कार्यक्रम सञ्चालन गरी कारोबार बढाउनु सक्ने बताए ।

कार्यक्रममा भूमिराज उपभोक्ता सहकारी संस्था लि. प्रबन्धक मोहन कुमारी भण्डारी दाहाल, सिटिजन लाइफ इन्स्योरेन्स लि. प्रबन्धक धनेश्वरी भट्ट लगायतले शुभ कामना मन्तव्य राखे ।

सहकारीका उपाध्यक्ष एवम् निवर्तमान सचिव कमलेश कपाडीले कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सहकारीको गत वर्षको असार मसान्तसम्म ८९ लाख शेयर पूँजी र एक हजार पाँच सय ६० जना शेयर सदस्य छन् । सहकारीले वार्षिक तीन करोडको कारोबार गरेको छ । चालु आर्थिक वर्षमा एक करोड २५ लाख शेयर पूाजी र दुई हजार शेयर सदस्य पुगाउने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीका निवर्तमान अध्यक्ष कुँबरले स्वागत मन्तव्य राखेका थिए । उनले ३० जनाले २५÷२५ हजार रकम संकलन गरी सहकारी संस्था सञ्चालन गरिएको बताए ।

कार्यक्रममा सहकारीका संस्थापक, सल्लाहकार, असल बचतकर्ता, उत्कृष्ठ ऋणी, कर्मचारी लगायतलाई सम्मान गरिएको छ ।

सहकारीले तारा भट्ट, चक्र बहादुर रावल र भोजराज भट्टलाई असल बचतकर्ताको रुपमा सम्मान गरेको छ । उनीहरुलाई निवर्तमान अध्यक्ष कुँबरले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

उत्कृष्ठ ऋणीमा सन्तोस शाह, सोमनाथ चौधरी र लक्ष्मीदत्त भट्टलाई सम्मान गरिएको छ । उनीहरुलाई नेपाल बैंक लि.का प्रबन्धक महेशराज जोशीले सम्मान गरे ।

सहकारीका कर्मचारीद्वय महेश्वरी भण्डारी र शंकरदत्त भट्टलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ । सहकारीका कार्यालय सहयोगी सानु नेपालीलाई नगद सहित सम्मान गरिएको छ । सहकारीका निवर्तमान उपाध्यक्ष कुशुम भट्टले नेपालीलाई सम्मान गरिन् ।

सहकारीका सल्लाहकार माधव प्रसाद जोशी, मोहन थापा र हरिश थापालाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समन्वय समितिका प्रमुख बोहराले दोसल्दा ओढाएर सम्मान पत्र प्रदान गरे ।
सहकारीका बजार व्यवस्थापक शंकरदत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...