ghar sansar

राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि एमालेबाट कञ्चनपुरका खरेल सहित १० जना सिफारिश

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि केन्द्रीय कमिटीलाई १० जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश कमिटीले अन्य, महिला र अपाङ्गाता कोटाका लागि नाम सिफारिश गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट प्रदेश कमिटीका आएका नाममा छलफल गरी केन्द्रीय कमिटीमा सिफारिश गरिएको छ । राष्ट्रिय सभाको अन्य कोटामा चार, महिला र अपाङ्गता कोटामा तीन÷तीन जनाको नाम सिफारिश गरिएको छ ।

केन्द्रीय कमिटीमा अन्यबाट सिफारिश नाममा ईश्वरी प्रसाद खरेल सहित होरीलाल चौधरी, बिमला केसी र रङ्गमन शाही छन् । उनीहरुमध्ये खरेल एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य छन् ।

कैलाली सावित्री घिमिरे सहित चित्रा चौधरी र बिमला केसीलाई महिला तथा रामचन्द्र जोशी, हरिदत्त भट्ट र अनिता ढुङ्गानालाई अपाङ्गता कोटा अन्र्तगत सिफारिश गरिएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन कार्यालयले मतदाताको नामावली सार्वजनिक गरि सकेको छ । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुख मतदाता छन् ।

एमाले प्रदेश कमिटीले सिफारिश गरिएका नामबाट सुदूरपश्चिममा तीन जना उम्मेदवार छनौट गरिने एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर विकले बताए ।

Himal dental
सम्बन्धित
Loading...