ghar sansar

सहयोग मागेर पुनर्वास ४ का वडा अध्यक्षले दिए विद्यार्थीलाई न्यानो कपडा

Amity

अशोक सार्की सुन्याल
पुनर्वास । पुनर्वास नगरपालिका ४ का वडा अध्यक्ष मनोज जैसीले सहयोग संकलन गरी विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएका छन् । पुनर्वासको दुर्गा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग मागेर न्यानो कपडा प्रदान गरिएको हो ।

वडा अध्यक्ष जैसीले देश विदेममा रहेका पुनर्वास नगरपालिका वासिन्दा सहित विभिन्न व्यक्तिबाट न्यानो कपडाका लागि सहयोग मागेका छन् । ती सबैको सहयोगबाट उनले आइतबार विद्यालयको कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई उपहार स्वरुप एक सेट ट्रयाक र टिसर्ट उपलब्ध गराएका छन् ।

lotus institite

विद्यालयमा बाल कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुन्छ । कक्षा ५ का सबै विद्यार्थीलाई कपडा वितरण गरिएको छ ।
वडा अध्यक्ष जैसीको अध्यक्षतामा कार्यक्रम गरी कपडा वितरण गरिएको छ । कार्यक्रममा उनले वडाभित्रका विद्यालयको शैक्षिक, भौतिक गुणस्तर र पूर्वाधार विकासमा आफूले प्रयास गरेको उल्लेख गर्दै कोटिहोमको विद्यालयमा पनि झोला वितरण गरिएको बताए ।

वडा अध्यक्ष जैसीले कपडा वितरण अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘स्वदेश तथा वैदेशिक रोजगारमा रहनु भएका युवाहरूको सहयोगमा भएको अभियानले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छु, यस अवसरमा सबै सहयोगी र वहाँहरुका माता पितालाई हात जोडी धन्यवाद र नमन व्यक्त गर्न चाहन्छु’ उनले भने ।

विद्यालयका प्रधानाध्यापक बिनोद चन्दले जाडो बढेसँगै बालबालिकाहरूका अभिभावक आर्थिक रुपमा विपन्न हुनुका साथै अधिकान्स विद्यार्थीहरु सुकुम्बासी बस्तीबाट आउने भएकाले न्यानो लुगा पाउँदा हर्षित भएको देखिएको उल्लेख गर्दै वडा अध्यक्ष जैसीलाई धन्यवाद दिँदै आभार व्यक्त गरे ।

प्रधानाध्यापक चन्दले जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव हुने गरेकाले अब केही सहज हुने विश्वास रहेको बताए ।

कार्यक्रममा वडा सदस्य रेवती रमन घिमिरे , विष्णु नेपाली, समाजसेवी, शिक्षक , कर्मचारी लगायतका सहभागी भएका छन् ।

    

Himal dental
सम्बन्धित
Loading...