ghar sansar

गायत्री मन्त्रमा विभेद किन ?

एक जना स्वघोषित ठूला पण्डितले कर्मकाण्ड दर्पण नामक पुस्तक प्रकाशन गरेका रहेछन् । उनी ब्राहमण कुलका परेकाले सबै हिन्दुहरुले जप गर्ने गरेको गायत्री मन्त्र ब्राहमणको भगमा पारेछन् र अन्य जात जातीकालागि अर्कै गायत्री मन्त्रको रचना गरेका रहेछन् । यी स्वघोषित पण्डिको पुस्तक बजारमा आए पनि चौतर्फि आलोचना भएको छ । गायत्री मन्त्र पुस्तक प्रकाशन समितिले त विज्ञप्ति नै जारी गरी दीर्घराज ओझाद्वारा संकलित कर्मकाण्ड दर्पण नामक पुस्तकमा उल्लेख गरिएका केही अंशहरुप्रति घोर आपत्ति जनाउदै खण्डन गरेको छ । आ–आप्mना धर्म संस्कृति बलियो पार्न संगठित रुपमा प्रचारप्रसार भई रहेको बेला उक्त पुस्तकमा गायत्री मन्त्र जप गर्न जातै पिच्छे अलग अलग गरिएकोमा भत्र्सना समेत गरेको छ ।

बल बहादुर महता लगायत १४० जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा गायत्री मन्त्र र बटुक मन्त्र जात अनुसार फरक गरिएको उक्त पुस्तकलाई सच्याउन आग्रह गर्दै समाजमा यस्तो विखण्डन ल्याउने पाखण्डी लेखक भनौदाहरुले कसैलाई उच र निच देखाउने अधिकार कहाबाट पायो प्रश्न गरेका छन् । यसरी जातीय विभेद गर्ने अधिकार कसले दियो उनीहरुको प्रश्न रहेको छ । यस्ता जातीय विभेद गर्नेहरुलाई समाजले नंग्याउने पर्ने, वहिस्कार गर्नु पर्ने र यस्ता पुस्तक जलाउनु पर्ने भएकाले सबै जातजतीले संगठित भएर विरोध गर्नु पर्ने भएको छ । मन्त्रको कुरा गर्दा हामी धेरैजसोले सुन्दै र सुनाउदै आएको गायत्री मन्त्र सबै हिन्दुहरुको हो । कतिपय विद्यालयमा बालबालिकालाई समेत गायत्री मन्त्र सिकाउने गरिन्छ । गायत्री मन्त्र के हो ? हामी किन यसको जप गर्छौं ? गायत्री मन्त्र किन १ सय ८ पटक जप गरिन्छ ? यसबारेमा सबैलाई जानकारी गराएर यसको महत्वलाई सबै हिन्दूहरुलाई बुझाउनु पर्नेमा जातिय विभेद गरेर पुस्तकमा मनगढन्ते गायत्री मन्त्र बनाउनु दुखद कुरो हो । यस सन्दर्भमा आर्ट अफ लिभिङका संस्थापक श्री रविशंकरले गायत्री मन्त्रबारे विस्तृतमा बताएका छन् । गायत्री मन्त्र तीन शब्द मिलेर बनेको छ ।

जीवनमा तीन प्रकारको दुःख आउछ । हाम्रो शरीर तीन छ, स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । र, यी सबै स्तरमा दुःख आउछ । मानव जीवनको यही तीन स्तरबाट पर जानुपर्छ र यही गायत्री मन्त्रको अर्थ हो । अर्थात जसले गायत्री मन्त्र जप गर्छ, उसले यी दुःखबाट पार पाउछ । परम आनन्द अनुभूत गर्छ भनेका छन् । गायत्री मन्त्र, मानव जातिका सबैभन्दा ठूलो प्रार्थना हो । गायत्री मन्त्र यस्तो हो जुन विश्वासका साथ जप गर्दा हर किसिमको समस्याबाट छुटकारा मिल्न सक्दछ । हिन्दु धर्मका प्राय सबै मन्त्रहरु शक्तिशाली मानिन्छन् तर सबै मन्त्रहरु मध्ये गायत्री मन्त्रलाई वेदको सर्वश्रेष्ठ मन्त्रको रुपमा मानिदै आएको छ ।२४ शब्दबाट बनेको गायत्री मन्त्र चार वेदबाट आएको हो । जसले सिधै मानिसको शारिरक र मानसिक स्वास्थमा प्रभाव पार्दछ । गायत्री मन्त्रको प्रभाव हुनको लागि गायत्री मन्त्र जप गर्नै पर्छ भन्ने छैन यसलाई सुन्दा मात्र पनि मन्त्रको असर मानिसको जिवनमा पर्ने जर्मनका बैज्ञानिकहरु बताउँदछन् । त्यसैले आजभोलि गायत्रीलाई रिकर्डमा, मोबाइलको रिङटोनमा, युटुबमा तथा सर्वत्र गायत्रीको माइक बजाएर प्रचार भएको छ ।

Himal dental
सम्बन्धित
Loading...