
बेदकोटको १४ औं नगर सभा : विभिन्न कानुन पारित, दैजी जोगुडा र मुसेपानी गैर खान सडक निर्माणका लागि प्रदेश सरकारसित पहल गर्ने निर्णय


महेन्द्रनगर । बेदकोट नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिवेशन बिहीबार सकिएको छ । नगर सभाबाट विभिन्न कानुन पारित गरिएका छन् । बेदकोट नगर कार्यापालिकाका निर्णय नरगर सभाबाट अनुमोदन गरिएका छन् ।
विद्यालय भवनमा साझेदारी र सुरक्षित मातृत्व तथा प्रजनन स्वस्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयक २०८०, सार्वजनिक निजि साझेदारी विधेयक २०८० पारित गरिएका छन् ।



नगर सभाबाट सडक, पुल, तटबन्ध निर्माण लगायतका ठूलो लगानीका योजना निर्माणका लागि संघीय सरकारसंग माग गरिएको छ ।
नगर सभाबाट दैजी जोगबुडा सडक, सुडा–मुसेपानी– गैरखान सडक निर्माण कार्य सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारसित पहल गर्ने निर्णय गरिएको छ ।
बेदकोटका मेयर भोजराज बोहराको अध्यक्षतमा नगर सभा गरिएको छ ।

