ghar sansar

एकीकृत सरकारी कर्मचारी संगठनको सुदूरपश्चिम अध्यक्षमा जोशी र महासचिव भट्ट चयन

little buddha academy
khasi

महेन्द्रनगर । एकीकृत सरकारी कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्षमा जनकराज जोशी चयन भएका छन् । कैलालीको धनगढीमा सम्पन्न संगठनको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको छ ।

dirghayi clinic

प्रदेश समितिको उपाध्यक्षमा रजनलाल धामी, महासचिव पुरुषोत्तम प्रसाद भट्ट, सचिव सुनिल रावल, जानकी जोशी र कोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन् । सदस्यहरुमा सत्यराज थापा, सुवास बडु, हरि प्रसाद जोशी, बाबुराम राना, सन्तोस बोहरा, रक्षा थापा र अमर बहादुर ऐर छन् ।

,orning glory badhai

एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सुप इन्चार्ज नृपराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य दीर्घ सोडारी, संगठनका संगठन वरिष्ठ उपाध्यक्ष याम बहादुर खत्री, उपाध्यक्षहरु जयदेव जोशी, दिनेश लम्साल, शेर सिंह भण्डारी, महासचिव प्रकाश राई, सचिव हरिहर गौतम, पेशागत महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष डा. कबिन्द्र चन्द, केन्द्रीय सदस्यहरु केशब बडु, रमाकान्त जोशी , कर्ण बहदुर खड्का, पेशागत महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष देवदत्त जोशी लगायतका सहभागी भएका छन् ।

समाजवादीका केन्द्रीय सदस्य सोडारीले अधिवेशन उद्घाटन गरे ।

Himal dental
सम्बन्धित
Loading...