भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको बिहीबार विहान निधन भएको छ । ऐठपुरस्थित सन्त निरंकारी मण्डल नजिक महाकाली सिँचाई नहरको बाटोमा खडका मृत भेटिएका थिए । खड्का २०७९ बैशाख ३० को स्थानीय तह निर्वाचनबाट भीमदत्त नगरपालिका ६ को वडा अध्यक्ष निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा निर्वाचित भएका खड्का कार्यकाल पूरा नगरी सदाका लागि अस्ताएका छन् । वडा अध्यक्ष खड्कालाई मिलनसार र राजनीतिक आग्रह पूर्वाग्रह नराख्ने नेताका रुपमा वडाका वासिन्दाले हेर्ने गरेका थिए ।
सबैसित मिलनसार स्वभावका उनी वडाका वासिन्दाको सल्लाह सुझाव लिएर कामकाज गर्दै आएका थिए । काँग्रेस राजनीतिसंगै खड्काले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिएका छन् । शान्ति निर्माणकर्ता र मेलमिलापकर्ता भएर काम गरेका खड्कासित सामाजिक क्षेत्रको अनुभव थियो । सामाजिक क्षेत्रमा कामकाज गरेकै कारण नेकपा एमालेको किल्ला मानिने वाडा ६ बाट उनी निर्वाचित हुन सफल भएका हुन । व्यवहारिक र इमान्दार नेताका रुपमा परिचित भएकै कारण भीदत्त नगरपालिकाले प्रवक्तको जिम्मेवारी समेत दिएको थियो । वडा ६ का जनताले जुन सपना देखेर उनलाई जिताएका थिए त्यो पूरा गर्न पाएनन् । अल्पायुमै र अकालमै मृत्येको मुखमाल पुगेर वडा वासी जनताको, घर परिवारको र सिंगो नगरवासीलाई रुवाएर गएका छन् । हुन छ जहाँ पनि राम्रै मान्छेको आवश्यकता हुन्छ भन्छन् र कालले पनि त्यसैले होला सबैले माया गरेको प्यारो मान्छेलाई नै हाम्रो माझबाट चुडालेर लगेको छ ।
उनी चढेको मोटरसाकलसंगै उनी मृत अवस्थामा भेटिएकाले दुर्घटना नभएर घटना पनि हुन सक्ने आशंका पनि गरिएको छ । सबैसंग असल व्यवहार गर्ने र कसैसंग पनि वैरभाव नराख्ने भएकाले कसैको कर्तव्यले उनको ज्यान लिएको हुन सक्ने विश्वास गर्ने ठाउ“ छैन । तर राजनीतिमा जे पनि हुन सक्ने सम्भवनालाई नकार्न सकिदैन । राजनीति गर्नेहरुका मित्र ठानिएकाहरु नै शत्रु हुने गर्दछन् । कसैको कर्तव्यले होस अथवा भवितव्यले होस एउटा इमानदार होनहार नेता गुमाउनु परेको छ । खड्काका परिवारले घट्ना छानबिनको माग गरेका छन् । घट्ना छानबिन गर्ने अनुसन्धान गर्ने निकाय प्रहरी हो प्रहरीले पनि हरेक पक्षलाई केलाएर गहिरो अनुसन्धान गर्नु पर्दछ ।
उनी चढेको मोटरसाकल खाने पानीको पाइपमा ठोकिएर दुर्घटना भएको र उनी १० बजेको समयमा त्यो बाटो आएको भन्ने सुन्नमा आएको छ । राती १० बजेकै समयमा घटना भएको भए त्यो समयमा त्यो बाटो धेरै हिँडेका होलान र कसैन कसैले देख्नु पर्ने हो । उनी कति बजे त्यो बाटो आए भन्ने कुरो नै शंकास्पद छ र सत्यतथ्य कुरो लुकाएको जस्तो देखिन्छ । प्रहरीको अनुसन्धान र पोष्टमार्टमको रिपोर्टले पनि घटना हो कि दुर्घटना हो यथार्थ कुरो आउने छ भन्ने आशा गरौ । खड्काको निधनमा राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, नागरिक समाज सहित सबैले शोक व्यक्त गरेका छन् । यस दुःखद घडीमा आजको नयाँ विकल्प दैनिकको तर्फबाट स्वर्गिय वडा अध्यक्ष खड्कामा भावपूर्ण श्रद्धाञ्जली ।