ghar sansar

बुवाको जन्म दिनमा छोरालाई बीमा उपहार

khasi

राजेन्द्र बहादुर चन्द

अशोक चन्द, महेन्द्रनगर क्षेत्रमा युवा पुस्ताका निकै मेहनति र परिश्रमि व्यवशायिका रुपमा स्थापित ब्यक्ति हुन ।बैतडी जिल्लाको तल्लो स्वाराड मुल घर भएका चन्दको हालको बसाई भीमदत्त नगरपालिका ६ सुकासालमा छ । सानै उमेरदेखि परिश्रमी चन्दले विभिन्न व्यवसायमा हात हालेका छन् । एकपछि अर्काे सफलता पनि पाउँदै उनी व्यवसायमा अघि बढी रहेका छन् ।

उनी युवा निर्माण व्यवशासी, ईटा उद्योगी र समाज सेवामा पनि उत्तिकै सक्रिय छन् । चन्दले आफ्नो जन्मदिन भने फरक ढंगले मनाउने निर्णय गरे । उनी जन्म दिनको दिन बिहानै नेशनल लाईफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगरको कार्यालयमा पुगेर छोरालाई आफ्नो जन्म दिनको अवसरमा फरक खालको उपहार दिने भन्दै बाल अमृत १ सावधिक बीमाको बीमा लेख जारी गर्न लगाए ।

dirghayi clinic

उनले छोरा आदित्य चन्दका लागि १५ लाख बिमाङ्क रकमको १५ बर्षे बीमा लेख महेन्द्रनगर शाखाका कर्मचारी कृष्ण सिह ठगुन्ना र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा छोरालाई हस्तान्तरण गरि आफ्नो जन्मदिन मनाए ।

प्रमुख व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको सल्लाहमा उनले छोरालाई बीमा लेख उपहार दिन सफल भएको बताउँछन् अशोक चन्द। साथीभाई जमघट भाईहरुसित खानपिन गरेर मनाईने जन्मदिन यस पटक भने फरक किसमले मनाउन पाउदा निकै राम्रो लागेको उनी बताउँछन् ।

यो कामले त मलाई दुई दुईवटा फाईदा हुने देखिएको छ । भोलिका दिनमा छोराको पढाइमा पनि आर्थिक रुपले सहयोग पुग्ने छ भने यहि बाहानाले थोरै रकम भए पनि बचत हुदै जानेछ र जोखिम बहन पनि हुने भएकोले व्यवशायि अशोक चन्द थप्नु हुन्छ, हरेक नेपालि नागरिकले जीवन बीमा गर्नु आवश्यक छ । जसले गर्दा हरेक परिवारको आर्थिक सुरक्षा सुनिश्चित हुने छ।र सबैका आ आफ्ना सपना साकार हुने छन् ।

बीमा गराउँदा आफ्नो आम्दानी र बचतका आधारमा गर्न सकिने भएकोले सबैले आफ्नो बीमा गर्नु राम्रो हो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी (नेपालको अग्रणी बीमा कम्पनी) मा बीमा गराउन पाउँदा आफु निकै खुसी भएको उनी बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...