ghar sansar

कर्मचारी युनियन बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । कर्मचारी युनियन बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको १० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कञ्चनपुरका पूर्व अध्यक्ष गौराज बहादुर लिम्बूको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ । कार्यक्रम प्रमुख अतिथि लिम्बुले साधारण सभा उद्घाटन गर्दै सरकारीलाई सबै व्यवस्थित रुपमा सञ्चालन गरी सबै कर्मचारीसम्म पुगाउनु पर्नेमा जोड दिए ।

,orning glory badhai

सहकारीका अध्यक्ष रामेश्वर भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा सचिव तुलादत्त जोशीले वार्षिक र कोषाध्यक्ष मान बहादुर भण्डारी आर्थिक तथा नरेन्द्र चन्दले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा निजामति कर्मचारी यूनियन कञ्चनपुरका अध्यक्ष प्रेम सिह ऐर, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्र प्रसाद पण्डित, आधिकारिक ट्रेड युनियन कञ्चनपुरका पूर्व अध्यक्ष पदमराज जोशी लगायतले शुभ कामना मन्तव्य राखे ।

dirghayi clinic

सहकारीका सदस्य गणेश बहादुर सिहले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा सहकारीले उत्कृष्ठ बचतकर्तालाई सम्मान र नयाँ शेयर सदस्यलाई शेयर सदस्यता प्रमाण पत्र वितरण गरेको छ ।

उत्कृष्ठ बचतकर्तामा गंगा विष्ट, डम्बरदेब पाण्डेय, डिल्लीराज लेखक, नरेन्द्रदेब पन्त, मिना कुँबर, करुणाकर पन्त, कमल सिह महता लगायतका छन् ।

कार्यक्रममा सहकारी अध्यक्ष भट्टलाई सम्मान पत्र पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लिम्बुले अध्यक्ष भट्टलाई सम्मान पत्र प्रदान गरे । सहकारीले गत आर्थिक वर्ष २०७९÷०८० मा ५७ लाख ८१ हजार रुपैँया बराबरको कारोबार गरेको छ ।

जिल्ला समन्वय समितिको सभा कक्षमा गरिएको कार्यक्रममा सहकारीका शेयर सदस्य सहभागी भएका छन् ।

   

Himal dental
सम्बन्धित
Loading...