प्रहरी समात्यो तीन लाख मूल्य बराबरको भन्सार छलीको समान

महेन्द्रनगर । प्रहरीले भन्सार छलेर आएको झण्डै तीन लाख बराबरको भन्सार छलीको समान बरामद गरेको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–६ बनगाँउबाट १ लाख ७१ हजार र भीनपा ११ बाट २ लाख ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

वनगाउँबाट चिनि, प्याज, तेल, दाल, प्लास्टिक झिल्लि, किरानाका सामान, लत्ताकपडा लगायतका सामान बरामद गरिएको छ ।

यसैगरी भीनपा ११ बाट १ लाख २४ हजार मूल्य बराबरका चिनि, मिश्री, चौका, बेलुन, ब्याटमेन्टन, कर्क, टाउजर बरामद गरेको छ ।

आईतवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित
Loading...