ghar sansar

एन प्याब्सन कञ्चनपुरले बुधबारदेखि गर्दैछ १६ औं एनप्याब्सन खेलकुद महोत्सव, पूर्व मन्त्री लेखकले उद्घाटन गर्ने

Amity

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसिएसन नेपाल (एन  प्याब्सन) कञ्चनपुरले बुधबारदेखि १६ औं एनप्याब्सन खेलकुद महोत्सव आयोजना गर्दैछ । त्यसका लागि एन प्याब्सनले सबै तयारी अन्तिम चरणमा पुगाएको छ ।

कोरोना महामारीका कारण २०७५ पछि स्थगित खेलकूद महोत्सव यस यस वर्ष पाँच वर्षपछि हुन लागेको हो । महोत्सवमा एन प्याब्सन आवद्ध पाँच दर्जन विद्यालय सहभागी हुने अपेक्षा गरिएको छ ।

lotus institite

बुधबार खुला मञ्चमा महोत्सव उद्घाटन गर्ने कार्यक्रम बनाइएको छ । खुला मञ्चमा उद्घाटनपछि महोत्सवका सबै खेल कबर्ड हलमा हुने तयारी गरिएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकले महोत्सव उद्घाटन गर्ने छन् । कार्यक्रममा एन प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने सहित पदाधिकारी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्व सहभागी हुने भएका छन् ।

एन प्याब्सनले अध्यक्ष झंकराज जोशीको नेतृत्वमा महोत्सवको तयारी अघि बढाएको छ । महोत्सवका आयोजनाका लागि मूल समिति सहित विभन्नि समितिहरु तयारीमा लागेका छन् । एन प्याब्सन सचिव बलदेब भट्ट महोत्सव संयोजक छन् ।

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष एबम् महोत्सव तयारी मूल समितिका संयोजक झंकरराज जोशीले विद्यार्थीहरुलाई पठनपाठन बाहेक खेलकूद लगायतका अतिरिक्त क्रियाकलापबाट प्रतिभा बाहिर ल्याउन र सदस्य विद्यालयहबीच आपशी भाईचारा र सम्बन्ध बलियो बनाउन महोत्सव आयोजना हुने गरेको बताए ।

‘यसबाट एनप्याब्सन आबद्ध विद्यालयको शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिएको छौं’ सोमबार एन प्याब्सनले महोत्सव आयोजना सम्बन्धि जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

महोत्सव तीन दिनसम्म चल्ने तालिका बनाइए पनि समय अभाव दिन थपिन सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा एन प्याब्सनका केन्द्रिय सदस्य सत्येश बहादुर, महोत्सव संयोजक एबम् जिल्ला सचिव बलदेब भट्ट, एन प्याब्सन सुदूरपश्चिम प्रदेश सचिव बीर बहादुर चन्द, डिल्लीराज खरेल, एन प्याब्सन सह सचिव नरेन्द्र सिह महता लगायतका सहभागी भएका छन् ।

पत्रकार सम्मेलनमा एन प्याब्सन केन्द्रीय सदस्य चन्दले एन प्याब्सनले महोत्सवलाई विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आयोजना गर्दै आएको बताए ।

एन प्याब्सन सुदूरपश्चिम प्रदेश सचिव चन्दले महोत्सवबाट विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन हुने र जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

महोत्सवका संयोजक भट्टले बुधबार विहान खुला मञ्चमा महोत्सव उद्घाटन अघि बजार क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरिने जानकारी दिए । प्रभातफेरिमा सहभागी विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी सबै सहभागी हुने उनको भनाई छ ।

महोत्सवमा आधारभूतदेखि माध्यमिक तह कक्षा ११ र १२ सम्मका विद्यार्थी सहभागी हुने भएका छन् । विद्यालयको तह अनुसार महोत्सवमा आधारभूत, निमावि, मावि(९–१०) र कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेलमा भाग लिने सक्ने छन् ।

महोत्सवमा भलिबल, एथ्लेटिक्स र इन्डोरका खेलहरु हुने जानकारी दिइएको छ । इनडोरमा ब्याडमिन्टन र टेबलटेनिका खेल राखिएका छन् । एथ्लेटिक्सतर्फ ट्रयाक र फिल्डका खेलहरु समावेश गरिएका छन् ।

आधारभूत तह (कक्षा १–५ ) सम्मका विद्यार्थीहरुका लागि फिल्डतर्फ लङ्गजम्प, ट्रयाकमा एक सय, दुई सय, सय गुणा चार रिले दौड र इन्डोर गेममा ब्याडमिन्टन र टेबलटेनिस राखिएको छ ।

आधारभूत तह(६–८ ) का लागि फिल्डमा लङ्ग जम्प, इन्डोरमा ब्याडमिन्टन र टेबलटेसिन तथा ट्रयाकमा एक सय, दुई सय, चार सय, सय गुणा चार रिले दौड राखिएको महोत्सवमा खेल तालिकामा उल्लेख गरिएको छ ।

माध्यमिक तह (कक्षा ९–१०) छात्र र छात्राका लागि समूह खेलतर्फ भलिबल सहितका खेलहरु समावेश गरिएका छन् । टेबलटेसिन र ब्याडमिन्टन सहित ट्रयाकमा एक सय, दुई सय, चार सय, सय गुणा चार, १५ सय र पाँच हजार मिटरको दौड तथा फिल्डमा लङ्ग जम्प, हाइजम्प, त्रिपल जम्प र सटफुटका खेलहरु राखिएका छन् ।

माध्यमिक तह (कक्षा ११–१२) का कक्षा ९ र १० का लागि राखिएका सबै खेल राखिएको छ । एन प्याब्सनले पत्रकार सम्मेलनमा महोत्सवको खेल तालिका सार्वजनिक गरेको हो ।

कञ्चनपुरमा एन प्याब्सामा जिल्लाभर १ सय ३५ विद्यालय आवद्ध छन् । महोत्सवबाट छनौट विद्यार्थीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।

महोत्सवमा १ सय २८ स्वर्ण, १ सय २८ रजत र १ सय ३६ कास्य पदक समापनमा विजेता विद्यालय र विद्यार्थीलाई वितरण गरिनेछ । महोत्सव उद्घाटन समारोहमा खुला मञ्चमा विभिन्न साँस्कृतिक झाँकी सहित विद्यार्थीहरुले मार्चपास गर्ने महोत्सव संयोजक भट्टले जानकारी दिएका छन् ।

यस अघि पुस १५ देखि १८ गतेसम्म कबर्ड हलमा प्याब्सन महोत्सव आयोजना भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...