ghar sansar

नमूना बनेर शैक्षिक नेतृत्व गर्ने विद्यालय बन्न बैजनाथ माविले खोज्यो रमेश लेखकको साथ, लेखकलाई बुझायो ६ बुँदे मागपत्र

महेन्द्रनगर । कञ्चनपुरको सबैभन्दा जेठो विद्यालय बैजनाथ माध्यमिक विद्यालयले नमूना विद्यालय बनेर शैक्षिक नेतृत्व प्रदान गर्ने विद्यालय बनाउन काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसित सहयोग मागेको छ ।

विद्यालयले मंगलबार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद समेत रहेका प्रमुख सचेतक लेखकलाई ६ बुँदे माग राखेर बजेट व्यवस्थापन गरि दिन माग पत्र बुझाएको छ ।

विद्यालयमा आयोजित सम्मान तथा स्वागत कार्यक्रममा प्रविधिमैत्री विद्यालय भवन तथा फर्निचर, इ लाइब्रेरी, परीक्षा तथा गोष्ठि सेमिनार हल, प्राविधिक छात्रावास भवन, राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट खेल मैदान, जेनेरेटर र स्कुल बसका लागि बजेट व्यवस्थापन गर्न माग गरिएको हो ।

‘यस विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरि शैक्षिक नेतृत्व प्रदान गर्ने विद्यालयका रुपमा स्थापित गर्न अति आवश्यक भौतिक तथा तपसिल बमोजिमका अन्य पूर्वाधारहरु निर्माणका लागि बजेट व्यवस्थापन गरि दिन हुन हार्दिक अनुरोध गर्दछौं’ लेखकलाई बुझाएको मागपत्रमा उल्लेख गरिएको छ ।

बैजनाथमा हाल बाल प्रारम्भिक बाा विकासदेखि कक्षा १२ सम्म साधारण धार र कक्षा ९,१० कृषि प्राविधिक धार तथा डिप्लोमा  तह कृषि बाली विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङ्गको पठनपाठन हुँदै आएको छ ।

विद्यालयले चालु शैक्षिक सत्र २०८० देखि कक्षा ९ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेको छ । साँसद लेखकलाई बुझाइएको माग पत्रमा विद्यालयका भौतिक संरचना विद्यार्थी संख्या र कार्यक्रमको अनुपातमा अपुग र आधुनिक प्रविधियुक्त शिक्षण सिकाई अनुकुल नभएको उल्लेख गरिएको छ ।

विद्यालयले दुर्गम पहाडी जिल्लाबाट प्राविधिक शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरुका लागि छात्राबास सुविधा नभएको सहयोगका लागि माग गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा साँसद लेखक प्रमुख अतिथि थिए ।

कार्यक्रममा भीमदत्त नगरपालिका १४ का वडा अध्यक्ष भोजराज जोशी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बिरेन्द्र बहादुर चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष सुरक्षा खड्का कुवँर, अभिभावक एबम् समाजसेवी नवराज भट्ट लगायतका सहभागी भए ।

विद्यालयका प्रधानाध्यापक हरिराज विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लखा अधिकृत लक्ष्मण भट्टले गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...