ghar sansar

खुला मञ्चमा भोलिदेखि सुरु हुँदैछ तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको तयारी

Amity

महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको लागि खुला मञ्चमा तयारी सुरु गर्न लागिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म आयोजना गर्न लागेको हो । त्यसका लागि शनिबारदेखि खुला मञ्चमा तयारी अघि बढान थालिएको छ ।

परिषद्ले गत पुस १७ गते महेन्द्रनगरमा प्रतियोगिता सम्बन्धि पत्रकार सम्मेलन गरेको थियो । परिषद्ले पत्रकार सम्मेलनमा महेन्द्रनगरमा प्रतियोगिता गर्ने निर्णय भएपछि आन्तरिक तयारी अघि बढेको जानकारी दिएको थियो ।

lotus institite

भलिबका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट लगायतले धनगढी पुगेर प्रतियोगिता आयोजनाको तयारीका लागि परिषद्का सदस्य सचिव दिपक बहादुर सिह सहितलाई भेटघाट गरी छलफल गरेका छन् । त्यसपछि परिषद्का सदस्य सचिव सिह लगायतका पदाधिकारी महेन्द्रनगर आएर फर्किएका छन् । परिषद्ले प्रतियोगितामा सहभागी खेलाडी बस्नका लागि दुई होटेलसित सम्झौता गरेको छ ।

भलिबका राष्ट्रिय प्रशिक्षक भट्टले खुला मञ्चमा भोलिदेखि तयारी अघि बढ्ने बताए । ‘अब भोलिदेखि खुला मञ्चमा तयारी अघि बढ्छ’ उनले भने,‘त्यसका लागि सबै आन्तरिक तयारी गरि सकेका छौ ।’

यस अघिका दुई संस्करण धनगढीमा भएका थिए । महेन्द्रनगरमा प्रतियोगिता आयोजनाका लागि भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले परिषद्सित पटक पटक आग्रह गरेका थिए । ‘यो प्रतियोगिता महेन्द्रनगरको खेलकूदका लागि निकै महत्वपूर्ण हो, यसलाई जसरी पनि सफल बनाउनु सबैले साथ सहयोग चाहिन्छ’ उनले भने ।

प्रतियोगितामा तीन विभागीय सहित सातै प्रदेशका गरी १० टीम सहभागी हुने भएका छन् । प्रतियोगितामा सबै टिमका १ सय ५० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० जना निर्णायक स्वयंसेवक सहभागी हुने छन् ।

प्रतियोगितामा सहभागी सबै खेलाडीको यातायात, बास लगायतको सुविधा प्रदेश खेलकुद परिषदले व्यहोर्ने छ । परिषद्ले प्रतियोगितामा ८० लाख खर्च हुने प्रदेश परिषदका सदस्य दीपक सिंहले बताएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई चार लाख, द्वितीय टिमलाई दुई लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । सान्त्वनाका लागि चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा सेमिफाइनल देखि चार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट ६ विधामा १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

जिल्ला भलिबल संघ कञ्चनपुरले प्रतियोगिता व्यवस्थापनमा सहयोगीका भूमिका निर्वाह गर्ने अध्यक्ष श्याम सिह मौनीले बताए ।

Himal dental
सम्बन्धित
Loading...