Sarsoti

नास्ता पसलमा जुवाखाल, भारतीय नागरिक सहित ५ जुवाडे पक्राउ

lotus institute

महेन्द्रनगर । महेन्द्रनगर बजारको गल्ली नं. १ स्थित ओम नास्ता पसलमा जुवातास खेलि रहेका भारतीय नागरिक सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

Mahendranagar

पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्त सिह छन् । उनी भारतको उत्तराखण्ड राज्यको उद्यमसिह नगरका हुन् । यसैगरी बेदकोट नगरपालिका ९ का गोपाल बहादुर भण्डारी, डडेल्धुराको पर्शुराम नगरपालिका ४ का मान सिह कोली, भीमदत्त नगरपालिका १८ का केशब राज जोशी र बेदकोट नगरपालिका १० का उदय सिह समाल छन् ।

morning glory

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले गोप्य सूचनाको आधारमा जुवा खेलि पाँच जनालाई ४४ हजार नगद सहित पक्राउ गरिएको जानकारी दिए ।

उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डाँडीले बताए ।

saark school
सम्बन्धित
Loading...