ghar sansar

भीमदत्तको ३ नम्बर वडामा निःशुल्क आँखा शिविर, झण्डै तीन सय वासिन्दा लाभावान्तित

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ मा आँखा शिविर सम्पन्न भएको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको छ ।

गौरी शंकर आधारभुत विद्यालय नौलाखेतको प्राङगणमा गरिएको आँखा शिविरबाट २ सय ८७ जनाले सेवा लिएको र २३ जनाको आँखाको शल्यक्रिया गरिने माघ ७ गते धनगढी लैजाने पेसवानका सदस्य दमन चन्दले बताए । शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् ।

mahostaw

साथै उक्त शिविरमा ९८ जनालाई निशुल्क चश्मा पनि प्रदान गरिएको छ । आफनै वडामा आँखाको उपचार पाएपछि स्थानिय सुरेश पार्कीले आफु खुशी भएको बताए । आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताए । उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए । यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेका ८० वर्षका काशीप्रशाद विष्टले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताए ।

उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको जानकारी दिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष गगनसिंह धामीले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए ।

साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरे । विगतका दिनमा पनि आफनो वडामा संस्थाले बिभिन्न सामु्दायिक विद्यालयमा न्यानो लुगा, शैक्षिक सामग्रीहरु वितरण गरेको वडा अध्यक्ष धामीले बताए ।

संस्थाका सदस्य दमन चन्दले माघ ७ गते वडा नम्वर १६ को वडा कार्यलयमा मा पनि आँखा शिविर गरिने बताए । शिविर सञ्चालन गरिसकेको छ । साथै उनले, माघ भित्र सबै वडामा आँखा शिविर संचालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

 

Himal dental
सम्बन्धित
Loading...