
महेन्द्रनगर । भीमदत्त नगरपालिकलो राम बहादुर चन्द पत्रकारिता पुरस्कार अग्रज पत्रकार लक्ष्मी जोशीलाई प्रदान गरेको छ । भीमदत्तको ४६ औं वर्ष पाँचौ स्थापना दिवसमा राष्ट्रिय समाचार समितिमा लामो समय आवद्ध पत्रकार जोशीलाई प्रदान गरिएको हो ।
पत्रकारिता क्षेत्रको विकास तथा प्रवर्धनमा योगदान पुर्याएको भन्दै भीमदत्त नगरपालिकाले अग्रज पत्रकार जोशीलाई पुरस्कृत गरिएको हो ।
आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न ४६ औं वर्ष (पाँचौं) स्थापना दिवसको अवसरमा पत्रकार जोशीलाई पुरस्कृत गरिएको हो ।
भीमदत्त नगरपालिका ५ वनगाउँका जोशी २०४५ देखि पत्रकारितामा छन् । उनी महाकाली साप्ताहिक पत्रिकाबाट पत्रकारितामा आएका हुन् । त्यसपछि उनले राससमा काम गरेका थिए ।
