ghar sansar

बेदकोटमा बैजनाथ मावि जडेपानीले जित्यो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

Amity

महेन्द्रनगर । बेदकोट नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बैजनाथ माध्यमिक विद्यालय जडेपानीले हात पारेको छ । प्रतियोगितामा ३१ स्वर्ण सहित १६ रजत र १० कास्य गरी ५७ पदक जितेर बैजनाथ माविले उपाधी हात पारेको हो ।

प्रतियोगितमा भुवनेश्वरी माध्यमि विद्यालय सिसैया दोस्रो र उदयदेब माध्यमिक विद्यालय सुन्दरपुर तेस्रो स्थान हासिल गरेका छन् । भुवनेश्वरीले ६ स्वर्ण, ४ रजत र ८ कास्य गरी १८ पदक जितेको छ । उदयदेबले ६ स्वर्ण, २ रजत ६ कास्य जितेर तेस्रो स्थान हासिल गरेको हो ।

lotus institite

प्रतियोगितामा रतन मावि चथरी १७, सिद्धनाथ मावि बगुनले १५पदक जितेका छन् । त्यसमा चथरीको रतन मावि र सिद्धनाथले समान २÷२ स्वर्ण जितेका छन् । यसैगरी ३ पदक जितेको क्याम्पेन इन्टरनेशन एकेडेमीले २ स्वर्ण जितेको छ ।

प्रतियोगितामा बाल जागृति इङ्गलिश बोर्डिङ्ग स्कुल सुडा, घटाल मािव सुडा, ज्ञान वाटिका इङ्गलिश बोर्डिङ्ग स्कुल, बैजनाथ मावि गैलनदी र शारदा मावि दैजीले एक÷एक स्वर्ण जितेका छन् । प्रतियोगितामा सहभागी १९ विद्यालयमध्ये ८ विद्यालय स्वर्ण पदक जित्न सकेनन् ।

सिद्धनाथ मावि मुसेपानी र शिशु विद्या मन्दिर पदक विहिन हुन पुगेका छन् । तीन दिनसम्म चलेको प्रतियोगितामा ५४ स्वर्ण, ६१ रजत र ५८ कास्य गरी १ सय ६३ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयमा भएको हो । बैजनाथ माविले सबैभन्दा बढी पदक जितेर नगर स्तरीय उपाधि हात पारेको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले शुक्रबार प्रतियोगिता उद्घाटन गरेका थिए । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको अध्यक्षतामा समापन कार्यक्रम गरिएको छ ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य कृपाराम राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द लगायतका सहभागी भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...