ghar sansar

नगर प्रवक्तालाई कार्यक्रम सञ्चालन गर्न नदिएको भन्दै बेदकोटमा काँग्रेसका वडा अध्यक्षले गरे राष्ट्रपति रनिङ्ग शिल्डको समापन बहिस्कार

Amity

महेन्द्रनगर । बेदकोटमा नगर प्रवक्तालाई नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न नदिएपछि असन्तुष्ट काँग्रेसका वडा अध्यक्षहरु समापन कार्यक्रम बहिस्कार गरेका छन् ।

बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयमा गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आइतबार समापन कार्यक्रममा काँग्रेसबाट निर्वाचित पाँच वडा अध्यक्ष अनुस्थित भएका हुन् ।

lotus institite

तीन दिन अघि प्रतियोगिता उद्घाटन समारोह वडा अध्यक्ष नरेश बहादुर सिहले सञ्चालन गरेपछि उनीहरुले असन्तुष्टि पोेखेका थिए । उनीहरुले नगर प्रवक्ता चित्रदेब भट्टलाई कार्यक्रम सञ्चालन गर्न नदिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतियोगिता उद्घाटनपछि काँग्रेस नगर उप सभापति भोजराज भट्टले सामाजिक सञ्जाल फेसबुुकमा असन्तुष्टि पोख्दै स्टेटश लेखेका थिए । आइतबार समापन कार्यक्रममा नगर प्रवक्ता सहित वडा अध्यक्षहरु अनुपस्थित भएका हुन् । आइतबार समापन कार्यक्रम पनि सिहले सञ्चालन गरे ।

बेदकोटमा नगर प्रवक्ता भट्ट सहित पाँच वडाका अध्यक्ष काँग्रेसका छन् । मेयर भोजराज बोहरा र उप मेयर तलसी दुबै काँग्रेसबाट निर्वाचित भएका हुन् । एमालेबाट निर्वाचित वडा अध्यक्ष सिहले कार्यक्रम सञ्चालन गरेपछि उनीहरु असन्तुष्ट भएका हुन् ।

वडा अध्यक्ष सिह अघिल्लो कार्यकालमा बेदकोट नगरपालिका नगर प्रवक्ता थिए । शुक्रबारदेखि सुरु प्रतियोगिताको आइतबार समापन भएको छ । कार्यक्रममा मेयर बोहरा र उप मेयर जोशी बाहेक काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष उपस्थित नभएको सहभागीहरुले बताए ।

सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले शुक्रबार प्रतियोगिता उद्घाटन गरेका थिए । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको अध्यक्षतामा समापन कार्यक्रम गरिएको छ ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य कृपाराम राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द लगायतका सहभागी भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...