ghar sansar

भीमदत्तको स्थापना दिवसमा अधिकारकर्मी शाहीलाई जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अधिकारकर्मी एबम् सामाजिक क्षेत्रमा सक्रिय उर्मिला शाहीलाई जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार प्रदान गरेको छ । भीमदत्तको ४६ औ बर्ष तथा ५ औ स्थापना दिवसको अवसरमा शाहीलाई पुरस्कार प्रदान गरिएको हो ।

विगत १२ बर्ष देखि साथि संस्थामा कार्यरत अधिकारकर्मी शाहीलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै दोसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको भिमदत्त नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गर्नेलाई सम्मान गर्ने योजना अनुसार थुप्रै विधा मध्येको एक विधा जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरूस्कार पनि रहेको र सोहि अनुरूप विशेष मुल्यांकनका साथ मानव अधिकारकर्मी शाहीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको नगरपालिकाले छ ।

अहिले शाहि महेन्द्रनगरमा रहेको साथि संस्थाको कञ्चनपुर जिल्ला संयोजकको रूपमा काम गर्दै आईरहेकि छिन् । यसरी आफ्नो कामको उचित मुल्यांकन गरी सम्मान हुन पाउँद खुसि लागेको भन्दै आयोजक भिमदत्त नगरपालिकालाई आभार समेत व्यक्त गरेकि छिन् ।

उनले भनिन् “भिमदत्त नगरपालिकाले मेरो कामको मुल्यांकन गरेर सम्मानित गरेकोमा हार्दिक आभार दिन चाहान्छु, आगामी दिनमा समेत थप जिम्मेवार भएर काम गर्दै जाने प्रण समेत गर्दछु , यसबाट मलाई हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा थप उर्जाशिल भएर लाग्न प्रेरणा मिलेको छ ।”

यसरी लामो समय सामाजिक क्षेत्र देखिन महिला तथा मानव अधिकारको क्षेत्रमा दिन रात लागेर सम्मानित बन्न पाउँद निकै हर्षित भएको सुनाउदै सके जति सेवा अनाथ बालबालिका र अन्य क्षेत्रमा समेत आगामी दिनमा काम गर्ने योजना रहेको बताइन् ।

यस्तै नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गरेवाफत थुप्रैलाई सम्माानित गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...