अयोध्याको प्राण प्रतिष्ठा खुसीयालीमा ११११ दियो बालेर दिपावली

lotus institute

महेन्द्रनगर । भारतको अयोध्यास्थित राम मन्दिरमा राम भगवानको प्राण प्रतिष्ठा भएको खुसीयालीमा महेन्द्रनगरमा दिपावली मनाइएको छ । महेन्द्रनगरको मदनचोकमा सोमबार साँझ दियो बालेर दिपावली गरिएको छ ।

Mahendranagar

हिन्दू स्वयम् सेवक संघले खुुसीयालीमा एक हजार एक सय ११ दियो बालेको छ । मदनचोक जय श्रीराम लेखिएका अक्षरमाथि राखेर दियो बालिएको छ ।

morning glory

हिन्दू स्वयम् सेवक संघका अगुवा लक्ष्मी भट्टले राम भगवानको प्राण प्रतिष्ठा राखिएको खुसीयालीमा दिपावली गरिएको बताए । ‘आजको दिन हामी सबै हिन्दूहरुका लागि महत्वपूर्ण छ, यसको खुसीयालीमा दिपावली मनाएका छौ ।’

अयोध्यामा दिउँसो रामको प्राण प्रतिष्ठा राखिएपछि महेन्द्रनगरमा भारतीय नागरिकले रथयात्रा गरी खुसीयाली मनाए । प्राण प्रतिष्ठाको खुसीयालीमा हरिहर घाट सहित विभिन्न स्थानमा दिपावली र भण्डारा लगाइको अगुवा भट्टले बताए ।

saark school
सम्बन्धित
Loading...