ghar sansar

जनमुखी काम गर

Amity

भीमदत्त नगरपालिकाले आप्mनो ४६ औं वर्ष पाँचौ स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिका कार्यक्रम गरी विभिन्न क्षेत्रका व्यक्तित्वलाई पुरस्कार वितरण, सम्मान, शुभ कामना मन्तव्य लगायतका कार्यक्रम स्थापना दिवसमा गरिएका छन् । कार्यक्रममा विभिन्न १४ बिधामा पुरस्कार वितरण गरिएको छ । निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टले सुरु गरेको स्थापना दिवस मनाउने काम वर्तमान नगर प्रमुख पदम बोगटी आएपछि पहिलो पटक मनाएको छ । वर्तमान नगर प्रमुख स्वच्छछबीको भएकाले नगरवासीले उनीप्रति ठूलो अपेक्षा गरेका थिए ।

दुई वर्षको कार्यकाल पुग्नै लाग्दा उने छाती फुलाएर मैले यो काम गरेको छु भन्न सक्ने अवस्था देखिएन । स्थापना दिवस मनाउने क्रममा पनि केही दिन अघि मात्रै मृतावस्थामा भेटिएका भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्काको सम्झनामा एक मिनट मौनधारण समेत नगरिएकोमा सर्वत्र आलोचना भइरहेको छ । सायद वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्काको मृत्य भए पछिको ठूलो र महत्वपूर्ण पहिलो कार्यक्रम भएकोले पनि उनलाई सम्झिनु पर्ने हो । खडका वितेको १३ दिन नपुग्दै उनलाई विर्सिने पालिका प्रमुख उपप्रमुखले दुई वर्ष अघि भोट हालेका जनतालाई त्यसरी नै बिर्से जस्तो लाग्छ ।

lotus institite

भीमदत्त नगरपालिकामा कार्यरत कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको भन्दै अहिले सम्म कुनै काम गर्न नसकिएको कहानी सुनाउने गरेको पाइन्छ । त्यति मात्र नभएर निवर्तमान नगर प्रमुखले पालिका नै रित्तो बनाएकोले काम गर्न नसकिएको भन्ने गरिन्छ । इच्छा भए उपाय खोज्न सकिन्छ भन्ने तर्फ नगर प्रमुखले सोचेको भए अहिले आलोचित हुनु पर्दैन थियो ।

होला । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको भन्दै दुई वर्ष बित्न लागेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट लगायत कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको छ । सिंगो पालिका कर्मचारी विहिन भए पनि काम प्रभावित भएको हुन सक्छ तर बहाना मात्रै गरेर पुग्दैन ।

जनताको आवाज मुखरित गर्ने मञ्च र क्षेत्रहरू उपलब्ध गराउन सक्नु पर्छ । सार्वजनिक सुनुवाई, गुनासा सुनुवाइ, रिपोर्ट कार्ड, सेवाग्राही सर्वेक्षण, सामाजिक र सार्वजनिक लेखा परीक्षण गरेर उत्तरदायी सरकार भएको सन्देश दिन सकिन्छ । तर यस पालिकाले गरेको सार्वजनिक सुनुवाइ नै ठूलो विवादको विषय बन्न पुग्यो । केही समय अनुभवको कमीले पनि काम गर्न असहज भएको हुन सक्छ । अबका दिनमा यस्ता बहाना बाजी गरेर जनता विश्वास गर्ने वाला छैनन् र अब कर्यशैलीमा सुधार गरेर जनमुखी काम गरेर देखाउन सक्नु पर्दछ ।

Himal dental
सम्बन्धित
Loading...