
डा.केदार कार्की
प्राङ्गारिक मल बनाउन पाँचवटा कुरा चाहिन्छ । यसमा गाईको पिसाब, गोबर, चना, गुड़ र खेतको छेउबाट माटो लिने गरिन्छ । प्रत्येक १० केजी गाईको पिसाब र गोबर लिने हो भने त्यसमा एक किलो पिथो र एक किलो ग्राम चना मिसाइन्छ ।

पछिल्लो चार–पाँच दशकयता मुलुकमा कृषिमा रासायनिक मलको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । यसले बाली उत्पादन मात्रै बढेको छैन, साथसाथै धेरै साइड इफेक्ट पनि देखा परिरहेको छ । सरकारले पनि अर्गानिक खेतीमा जोड दिन थालेको छ । साथै, धेरै किसानहरू अब अर्गानिक मलतिर फर्किरहेका छन्। यसले खेतको उर्वराशक्ति बढेको कृषकहरुको विश्वास छ । साथै, बालीको शुद्धता पनि बढ्दै गएको छ। खेतीबाहेक अर्गानिक मल बनाएर बिक्री गर्ने व्यवसाय पनि ठूलो बजार बनेको छ ।
यसका लागि किसानहरू राजस्थानको पूर्वी जिल्ला ढोलपुरको सर्मथुरा सहरमा समेत पुगेका छन् । शताब्दीयौंदेखि डकैतीबाट प्रभावित यस क्षेत्रमा अहिले परिवर्तनका तस्बिरहरू देखिन थालेका छन् । सहरको बाहिरी भागमा मञ्जरी फाउन्डेसन नामक गैरसरकारी संस्थाको क्याम्पस छ। यहाँ अर्गानिक मल बनाइन्छ ।
जैविक मल के हो ?
कुनै पनि प्रकारका जनावर र बोटबिरुवाबाट प्राप्त मललाई जैविक मल भनिन्छ। खेतीपातीसँगै किसानले पशुपालन पनि गर्छन् । यी जनावरहरूको पिसाब, गोबर, बाँकी चारा, घाँस र रूखका पातहरू र बोटबिरुवाबाट प्राङ्गारिक मल बनाउन सकिन्छ। बालीमा यसको प्रयोगले उत्पादन पनि बढाउँछ । अर्को वर्ष पनि राम्रो बाली दिन जमिन तयार हुन्छ ।
प्राङ्गारिक मल बनाउन पाँचवटा कुरा चाहिन्छ । जसमा गाईको पिसाब, गाईको गोबर, चना, गुड़ र खेतबारीको माटो लिने गरिन्छ । प्रत्येक १० केजी गाईको पिसाब र गोबर लिने हो भने त्यसमा एक किलो पिथो र एक किलो ग्राम मिसाइन्छ । यसपछि, यो मिश्रणलाई छायादार ठाउँमा राखेर हरेक दिन एउटा ठूलो लठ्ठीसँग मिसाइन्छ। छायामा राखेको सात दिनपछि जैविक मल तयार हुन्छ ।
