Sarsoti

शुक्लाफाँटामा नगर गौरबको खानेपानी योजनाकै काम ठप्प

lotus institute

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको निर्देशनपछि शुक्लाफाँटा नगरपालिका २ ढकनियास्थित जानकी महिला मध्यवर्ती सामुदायिक वनमा निर्माणाधिन खानेपानी योजनाको काम रोकिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पुस १३ दोस्रो साता सामुदायिक वनलाई कानुनी प्रक्रिया विपरितका संरचना निर्माण रोक्न निर्देशन सहित पत्र पठाएपछि काम रोकिएको हो ।

morning glory

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले शिलान्यास गरेको योजना उच्चाकोटी कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । शुक्लाफाँटाको नगर गौरबको यो खानेपानी योजना गत आर्थिक वर्ष २०७९÷०८० देखि निर्माण कार्य सुरु भएको थियो ।

जानकी महिला मध्यवर्ती सामुदायिक वनका सचिव पदम बहादुर बोहराले खानेपानी निर्माण कम्पनीलाई उच्चकोटी कन्स्ष्ट्रक्सनलाई काम रोक्न पत्राचार गरेपछि काम रोकिएको छ ।

Mahendranagar

९ महिना अघि शिलान्यास गरिएपछि हालसम्म खानेपानी योजनाको ओभरहेड लगायतका संरचना निर्माण गरिएका छन् । खानेपानी योजनाको काम बन्द भएपछि स्थानीय असन्तुष्ट छन् । योजनाको काम बन्द नगराउन स्थानीयले अन्तिमसम्म सामुदायिक वनसित समन्वय गरेका थिए ।

शुक्लाफाँटा नगरपालिका जनप्रतिनिधिले योजनाको काम अघि बढाउन सरोकारवालासित छलफल अघि बढाएका छन् । शुक्लाफाँटा नगरपालिका २ का वडा अध्यक्ष भोदुराम चौधरीले खानेपानीको योजना शुरु गर्दा सामुदायिक वनलाई समेत समन्वय गर्दा समेत अवरोध भएकोले सरोकारवालासंग सहकार्य भईरहेको बताए ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोबिन्द अवस्थीले खानेपानी योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । ‘सामुदायिक वन र निकुञ्जले अनेकन बखेडा झिकेर रोकेकोछ’ उनले भने,‘यो अन्तिमतिर छ ।’

अध्यक्ष अवस्थीका अनुसार हालसम्म ‘खानेपानीको पर्खाल, घर, ओभरहेड ट्याङकी लगायतका कार्य अन्तिम चरणमा छन् ।

खानेपानी योजना समितिले जग्गा प्राप्तिका प्रक्रिया अघि बढेको दावी गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पुस १३ गते सामुदायिक वनलाई दिएको पत्रमा कानुन अनुसार जग्गा प्राप्ति लगायतका प्रक्रिया र निकुञ्ज मध्वर्ती क्षेत्र व्यवस्थापनका ऐन कानुनका आधारमा कार्य नभएकाले आवश्यक पहल लिन निर्देशन दिएको थियो ।

saark school
सम्बन्धित
Loading...