ghar sansar

गड्डाचौकीको सिद्धनाथ अमर माविले चुम्यो भीमदत्त नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि, रित्तो हात फर्किए १० विद्यालय

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी १० विद्यालय पदक विना रित्तो हात फर्किएका छन् । प्रतियोगितामा सहभागी ४८ विद्यालयमध्ये ३८ विद्यालयले पदक जितेका हुन् ।

कबर्ड हलमा आइतबारदेखि सुरु नगर स्तरीय प्रतियोगिता बुधबार सकिएको छ । बुधबार कबर्ड हलमा समापन कार्यक्रम गरिएको छ । गड्डाचौकीको सिद्धनाथ अमर माध्यमिक विद्यालयले प्रतियोगिता सबैभन्दा बढी पदक जितेको छ । सिद्धनाथले १५ स्वर्ण, ५ रजत र १३ कास्य गरी ३३ पदक जितेको हो । सबैभन्दा बढी पदक जितेर सिद्धनाथ माविले यस वर्षको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हात पारेको छ ।

lotus institite

प्रतियोगितामा पूर्णा माध्यमिक विद्यालय ऐरी र बैजनाथ माध्यमिक विद्यालय क्रमशः दोस्रो र तेस्रो भएका छन् । पूर्णा माविले ६ स्वर्ण ९ रजत र ३ कास्य गरी १८ जितेर दोस्रो स्थान हासिल गरेको छ । बैजनाथ माविले ६ स्वर्ण सहित रजत र कास्य समान एक÷एक पदक जितेर तेस्रो स्थान हात पारेको छ ।

लिलिट बुद्ध एकेडेमीले ५ स्वर्ण, रजत र कास्य ४÷४ गरी १३ पदक जितेर चौथो बनेको छ । बाल जागृति माध्यमिक विद्यालय ऐठपुर र शान्ति निकेतन माध्यमिक विद्यालयले समान ७÷७ पदक जिते । यसैगरी निङ्गलाशैनी मावि गौबरैया र महेन्द्रनगर मावि कटान (साधारण) ले समान ६÷६ पदक जितेका छन् ।

प्रतियोगितामा सहभागी ११ विद्यालयले एक÷एक स्वर्ण जितेका छन् । भीमदत्त नगर स्तरीय खेलकूद समितिका अध्यक्ष शरद चन्दको अध्यक्षता र भीमदत्तका उप मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।

प्रतियोगितामा ५४ स्वर्ण, ५२ रजत र ७४ कास्य गरी १ सय ८० पदक वितरण गरिएको नगर खेलकूद समितिका अध्यक्ष चन्दले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...