ghar sansar

भीमदत्तका मेयरले ऐेन मिचेर दिए उप मेयरका आफन्तलाई ६ नम्बर वडामा कार्य वाहक जिम्मेवारी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाकाले स्थानीय सरकार ऐन २०७४ मिचेर भीमदत्त ६ मा वडा सदस्यलाई काय वाहकको जिम्मेवारी दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको बहुमत वडा सदस्यको निर्णय अटेर गरी देबकी जोशीलाई ६ नम्बर वडाको कार्य वाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निर्णय अनुसार बुधबार वडा सदस्य देबकी जोशीलाई कार्य वाहक वडा अध्यक्षको जिम्मेवारी दिएको हो । गत पुस २६ गते वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि वडा अध्यक्ष पद रिक्त थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११६ मा वडा अध्यक्ष पद रिक्त भएपछि वडा सदस्यहरुमध्येबाट छनौट गरी कार्य वाहक तोक्न सक्ने प्रावधान छ ।

भीमदत्तका मेयर बोगटीले स्थानीय सरकार सञ्चालन ऐनको यहीं प्रावधान मिचेर नगर प्रमुख स्तरीय निर्णयबाट कार्य वाहक दिएका हुन् । ऐनमा नगर प्रमुखलाई कार्य वाहक दिने कानुनी प्रावधान नभएर पनि उनको निर्णय भन्दै कार्य वाहक जिम्मेवारी दिइएको पत्र जोशीलाई दिइएको छ ।

नगरपालिका स्रोतका अनुुसार उप मेयर निलम लेखक जोशीको इच्छा अनुसार वडा सदस्य जोशीलाई कार्य वाहक बनाउने जिम्मेवारी दिइएको हो । कार्य वाहक अध्यक्ष जोशी उप मेयर लेखकी नातेदार हुन् ।

वडा समितिका बहुमत सदस्यले ज्येष्ठ सदस्य शारदा बिकलाई कार्य वाहक बनाउने निर्णय गरेपछि जोशी आफूले नमान्ने भन्दै नगरपालिका कार्यालय आएकी हुन् । वडा सदस्यहरुका अनुसार उनी विकलाई कार्य वाहक बनाए आफू वडा कार्यालय नआउने भन्दै बाहिरिएको वडा सदस्यहरु बताउँछन् ।

वडा समितिको बैठकमा जोशी सहित अन्य दुई सदस्यले कार्य वाहक अध्यक्षका लागि आकाँक्षा राखेका थिए । उनीहरुबीच सहमति हुन नसकेपछि ज्येष्ठ सदस्य विकलाई कार्य वाहक बहुमत सदस्यले निर्णय गरेका थिए । विकलाई कार्य वाहक बनाउन वडा सदस्यद्वय लाली चन्द र दिपेन्द्र जोशीले समर्थन गरेका थिए । त्यस अघि चन्द, जोशी सहित तीन जना कार्य वाहकका दाबेदार थिए ।

भीमदत्तका मेयर बोगटीले स्थानीय सरकार सञ्चालन ऐन मिचेर कार्य वाहक दिएपछि वडा समितिका सदस्यले आपत्ति जनाएका छन् । वडा सदस्य दिपेन्द्र जोशीले वडा समितिको निर्णय नमानेर दम्भ र सत्ताको भरमा एकलौटी निर्णय गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा मेयर बोगटीको निर्णयलाई लिएर आलोचना भएको छ ।

बहुमत सदस्यको निर्णय विपरित कार्य वाहक दिएपछि ज्येष्ठ वडा सदस्य विकले राजीनामा दिने मनस्थिति बनाएको उनका आफन्तहरु बताउँछन् । भीनपा ६ का सबै वडा सदस्यहरु काँग्रेसबाट निर्वाचित हुन् ।

विकले बहुमत सदस्यको निर्णय अटेर गरी आफूलाई अपमानित हुने गरी कार्य वाहकको जिम्मेवारी नदिएकोमा असन्तुष्टि जनाएकी छन् । वडा सदस्यमा विकपछि लाली चन्द ज्येष्ठ सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...