सुदूरपश्चिमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन् ।

महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् ।  उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेकामा तीनै जना पराजित भएका छन् ।

सम्बन्धित
Loading...