ghar sansar

कृष्णपुरका मेयरले ‘‘हुन्छ बहादुर भन्ने भैसी डाक्टर’’ लाई हाकिम बनाएको भन्दै वडा अध्यक्ष साउँदको गम्भीर असन्तुष्टि

Amity

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझामाथि वडा अध्यक्ष अर्जुन साउँदले गम्भीर आरोप लगाएका छन् । वडा अध्यक्ष साउँदले प्रशासनिक अनुभव नभएका पशु सेवाका प्राविधिकलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत मेयर ओझाले कार्यकर्ता भर्ती गर्न खोजेको आरोप लगाएका छन् ।

वडा अध्यक्ष साउँदले सामाजिक सञ्जाल फेसबुकबाट मेयर ओझामाथि आरोप लगाउँदै छानबिनका लागि तयार हुन चुनौती समेत दिएका छन् ।

lotus institite

कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिह भण्डारीको सरुवा भएपछि अहिले नगरपालिकामा पशु शाखाका मन बहादुर केसी निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । वडा अध्यक्ष साउँदले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसी मेयर ओझाको निर्देशन चल्ने उल्लेख गर्दै उनलाई हुन्छ बहादुरको संज्ञा दिएका छन् ।

‘नगर प्रमुखको ठाडो आदेशमा प्रशासन सम्बन्धि सामान्य ज्ञान समेत नभएको हुन्छ बहादुर भन्ने भैंसी डाक्टरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर, स्वास्थ्य शाखा प्रमुखलाई साधन बनाई कानुनको थोरै पनि डर नमानी विधि प्रक्रिया मिचेर आवश्यक योग्यता पुगेका स्थानीय युवाहरुलाई साइड लगाएर आर्थिक प्रलोभनमा आफन्त र आसेपासेहरुलाई सिधैं नियुक्ति दिन खोज्ने कार्य निन्दनीय छ’ वडा अध्यक्ष साउँदले फेसबुकमा भनेका छन् ।

कृष्णपुर नगरपालिकाले खोलेको हेल्थ असिस्टेन्ट पदमा मेयर ओझाले आफन्त र आसेपासेलाई नियुक्ति दिन खोजेको आशंका गर्दै साउँदले फेसबुकमा असन्तुष्टि पोखेका छन् ।
नगरपालिका कार्यालयले माघ ८ गते हेल्थ असिस्टेन्ट पदको संक्षिप्त सूची सार्वजनिक गरेको थियो । हेल्थ असिस्टेन्टका लागि संक्षिप्त सूची सार्वजनिक भएपछि साउँदले आपत्ति जनाएका हुन् ।

कृष्णपुरका मेयर ओझाले ७÷८ ओटा स्वास्थ्य कर्मचारी काजमा आएर काम गरिरहेको र ती कर्मचारी स्वास्थ्य मन्त्रालयले फिर्ता मागेपछि हेल्थ असिस्टेन्ट पदमा दरबन्दी आह्वान गरिएको महेन्द्रनगर पोष्टलाई बताएका छन् ।

‘हाम्रो कृष्णपुरमा १२ ओटा युनिट छ। काजका स्वास्थ्य कर्मचारी फिर्ता मागेपछि हामीलाई स्वास्थ्य कर्मचारी आवश्यक भयो । कृष्णपुर स्वास्थ्यचौकीमा हामीले २४ घण्टा सेवा दिइरहेका छौं । २४ घण्टा सेवा दिने यो देशको एकमात्रै स्वास्थ्य चौकी हो,’ उनले भने, ‘कार्यपालिकामा व्यापक छलफल गरेरै यो कार्य अगाडि बढाएका हौं। कसैको मान्छे हुन्छन्, हुँदैनन्, कसको ‘इन्टेन्सन’ के छ भन्ने कुरा हो’ उनले भनेका छन् ।

मेयर ओझाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि संघीय मामिला मन्त्रालय तथा समान्य प्रशासन मन्त्रालयले पशु प्राविधिक केसीलाई दुई महिनाका लागि निमित्तको जिम्मेवारी दिएको बताए । केसी नगरपालिकामा भेटेरिनरीको सातौं तहको सिनियर कर्मचारी हुन् ।

Himal dental
सम्बन्धित
Loading...