ghar sansar

भीमदत्त ६ मा कार्य वाहक दिने उप मेयरको निर्णयलाई मेयर स्तरीय भन्दै पठाएको खुलासा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मेयर सहभागी नभएको बैठकको निर्णयलाई नगर प्रमुख स्तरीय निर्णय भन्दै वडा सदस्यलाई कार्य वाहक जिम्मेवारी दिएको खुलेको छ ।

दुई दिन अघि भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको अध्यक्षतामा केही वडा अध्यक्ष सहितको बैठक बसेर भीमदत्त नगरपालिका ६ का वडा सदस्य देबकी जोशीलाई कार्य वाहक जिम्मेवारी दिने निर्णय गरिएको थियो ।

Anant bahu travels

उप मेयर अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयलाई प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बमले नगर प्रमुख स्तरीय निर्णय गरिएको भन्दै वडा सदस्य जोशीलाई कार्य वाहक जिम्मेवारी दिइएको भन्दै पत्र पठाएका थिए ।

बैठकमा सहभागी वडा सदस्यहरुका अनुसार उप मेयर जोशी सहित केही वडा अध्यक्षहरु बैठकमा सहभागी थिए । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि कार्य वाहक वडा अध्यक्ष दिन नगरपालिका कार्यालयमा उप मेयरको अध्यक्षतामा बैठक बसेको थियो ।

वडा समितिका चार सदस्यबीच कार्य वाहक जिम्मेवारी दिने सहमति नभएपछि नगरपालिकामा छलफल गरिएको थियो । वडा सदस्यहरुका अनुसार कार्य वाहक वडा अध्यक्षमा जोशी सहित शारदा विक, लाली चन्द र दिपेन्द्र जोशी सबैले दावी राखेका थिए ।

dirghayi clinic

चार सदस्यमा सहमति नभएपछि लाली चन्द र दिपेन्द्र जोशीले ज्येष्ठ सदस्य विकलाई कार्य वाहक दिन समर्थन जनाएका थिए । त्यसमा वडा सदस्य देवकी जोशीको विमति राखेर उनी विकलाई कुनै पनि हालतमा कार्य वाहक नदिने भन्दै नगरपालिका आएकी थिइन् ।

भीमदत्त नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११६ मिचेर वडा सदस्य जोशीलाई कार्य वाहक बनाएपछि चौतर्फी आलोचना भएको छ । वडा समितिका सदस्य दिपेन्द्र जोशीले सामाजिक सञ्जाल फेसबुकबाट एकलौटी रुपमा निर्णय गरिएको भन्दै असन्तुष्टि सार्वजनिक गरि सकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा वडा अध्यक्षको पद रिक्त भएमा वडा सदस्यमध्येहरुबाट छनौट गरी कार्य वाहक जिम्मेवारी दिने व्यवस्था छ । भीमदत्त नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले नदिएको अधिकार प्रयोग गरी वडा सदस्यलाई कार्य वाहक बनाएको हो । उप मेयर अध्यक्षताको बैठकबाट गरिएको निर्णयलाई नगर प्रमुख स्तरीय निर्णय भन्दै वडा सदस्य जोशीलाई कार्य वाहक दिइएको पत्र पठाइएको छ ।

उप मेयर अध्यक्षताको बैठकमा सहभागी भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन भट्टले केही वडा अध्यक्षले छलफल गरी कार्य वाहक दिएको बताएका थिए । उप मेयर अध्यक्षताको बैठकलाई आइतबार कार्यपालिका बैठकमा पेश गरी अनुमोदन गर्ने तयारी गरिएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनबाट भीनपा ६ का वडा अध्यक्ष सहित काँग्रेसका प्यानल निर्वाचित भएको थियो । २०४९ को स्थानीय निकाय निर्वाचनपछि पहिलो पटक काँगे्रस निर्वाचित भएको थियो । काँग्रेसका पूर्व वडा सभापति स्वर्गिय खड्काले ६ नम्बरमा कम्युनिष्ट किल्ला भत्काएका थिए ।

काँग्रेसका चार वडा सदस्यबीच कार्य वाहकमा सहमति नभएपछि उनीहरु दुई धारमा बाँडिएका छन् । भीमदत्तले कार्य वाहक जिम्मेवारी दिएकी जोशी वडामा एक्लै परेकी छन् । अन्य तीन वडा सदस्य कार्य वाहक जिम्मेवारीमा असन्तुष्ट छन् ।

निर्वाचन आयोगले चुनाव नगराएसम्म कार्य वाहक वडा अध्यक्षले जिम्मेवारी वहन गर्न पाउने छन् । निर्वाचन आयोगले ६ महिनाभित्रै चुनाव गराउनु पर्ने कानुनी प्रावधान छ ।

Himal dental
सम्बन्धित
Loading...