ghar sansar

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा प्रवेश शुल्क खारेज गर्न माग

महेन्द्रनगर । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा र विद्यार्थी संघ संगठनले आइतबारदेखि खुला मञ्चमा हुने तेस्रो पुरुष भलिबल प्रतियोगिता अवलोकनका लागि प्रवेश शुल्क नलिन माग गरेको छ ।

सुदूरपश्चिम खेलकुद परिषदले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा विद्यार्थीलाई २० र सर्वसाधारणलाई ५० रुपैँया शुल्क लगाएको छ ।

क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले शुक्रबार विज्ञप्ति सार्वजनिक गरी सरकारी खर्चमा प्रतियोगिता हुने भएकाले प्रवेश शुल्क लिन नहुने भन्दै विरोध गरेको हो ।

क्रान्तिकारी युवा संगठन नेपाल संयोजक भुवन भट्ट र क्रान्तिकारी संयोजक बिरेन्द्र नाथले हस्ताक्षरित विज्ञप्तिमा प्रवेश शुल्क खारेजी गर्न माग गरिएको छ ।

पल्सर अवार्डको मनोयनमा परेका राष्ट्रिय भलिबल खेलाडी निरुता ठगुन्ना र त्रिभुवन आर्मी क्बलकी खेलाडीलाई सहयोगका लागि भलिबल संघले प्रवेश शुल्क लगाएको जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...