ghar sansar

प्याब्सन कञ्चनपुरको १८ औं वार्षिक साधारण सभा सुरु

janjyoti campus

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय संगठन नेपाल (प्याब्सन) कञ्चनपुरको १८ औं वार्षिक साधारण सभा सुरु भएको छ । होटेल ओपेरामा प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्दले साधारण सभा उद्घाटन गरे ।

साधारण सभामा प्याब्सन आवद्ध विद्यालयहरु सहभागी भएका छन् । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा सुरु कार्यक्रममा केन्द्रीय सल्लाहकार चन्द प्रमुख अतिथि छन् ।

western public academy
dirhayu

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, केन्द्रीय सदस्य प्रेम सिह पुजारा, पूर्व केन्द्रीय उपाध्यक्ष दिपक चालिसे, पूर्व केन्द्रीय सदस्यहरु रुद्रराज पनेरु, वसन्त पाण्डेय, प्याब्सन सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, उपाध्यक्ष केशव भट्ट, कोषाध्यक्ष भवान सिह विष्ट, प्याब्सन कञ्चनपुरका प्रमुख सल्लाहकार महाशर्मा न्यौपाने लगायतका सहभागी छन् ।

प्याब्सन सचिव राकेश बहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष महादेब प्रसाद भट्टले स्वागत मन्तव्य राखे । कार्यक्रममा सचिव चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...