Sarsoti

मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको प्रवेश शुल्क खारेज नभएको भन्दै खुला मञ्च प्रवेशद्वारमा वैद्यका कार्यकर्ताले लगाए कालो ब्यानर

lotus institute

महेन्द्रनगर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेज नभएको भन्दै प्रवेशद्वारमा कालो ब्यानर लगाएको छ । ती दुबै संगठनले शुक्रबार विद्यार्थी र सर्वसाधारणका लागि तोकिएको प्रवेश शुल्क खारेजीका लागि मागपत्र बुझाएको थियो ।

Mahendranagar

शनिबार विहान ११ बजे भलिबल खेलको सचिवालयले संयुक्त रुपमा विद्यार्थी संगठनसित छलफल गरेका थिए । बैठकमा सहमति नभएपछि क्रान्तिकारीका अध्यक्ष विरेन्द्र नाथ बाहिरिएका थिए । त्यसपछि केही समय अघि साँझ खुला मञ्चम गेटमा कालो ब्यानर लगाएको हो ।

morning glory

‘सरकारबाट तेस्रो मुख्यमन्त्री पुरुष (भलिवल)प्रतियोगिता लागि प्रदेश सरकारबाट रु(८०,०००००)अस्सी लाख विनियोजन गर्दागर्दै पनि दर्शकहरुलाई लगाईएको शुल्क निकै खेदजनक छ । तसर्थ उक्त शुल्क विधार्थिलाई रु २० र सर्वसधारणलाई रु ५० का दरले लगाएको प्रवेश शुल्क नतिर्न हाम्रो संगठन क्रान्तिकारी युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) सबै कञ्चनपुर वासिहरुमा हार्दिक अनुरोध गर्दछ’ ब्यानरमा लेखिएको छ ।

saark school
सम्बन्धित
Loading...