Sarsoti

गैसस महासंघ कञ्चनपुरको २३ औं साधारण सभा, घरमै बसेर एमबीबीएस प्रवेश परीक्षा पास गरेका सार्कीलाई सहयोग

lotus institute

महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ कञ्चनपुरले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा प्रवेश परीक्षा पास गरेका भीमदत्त नगरपालिका १० का ललित सार्कीलाई आर्थिक सहयोग गरेको छ । महासंघ कञ्चनपुरके २३ औं वार्षिक साधारण सभामा सार्कीलाई नगद १० हजार सहयोग प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैंसस महासंघका केन्द्रीय सचिव भवराज रेग्मीले सहयोग प्रदान गरे । कमजोर पारिवारिक अवस्थाा सार्कीले घरमै बसेर एमएबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा पास गरेका छन् । काठमाडौै जाने खर्च नभएपछि समस्या परेका उनलाई विभिन्न क्षेत्रमा सहयोग गरिएको छ ।

morning glory
Mahendranagar

कार्यक्रममा कञ्चनपुरमा गैसस स्थापनका लागि सक्रिय भूमिका निर्वाह गरेका स्व. पृथ्वीराज अवस्थीलाई मरोणोपरान्त सम्मान गरिएको छ । स्वर्गिय अवस्थीका छोरा गोकर्ण राज अवस्थीले सम्मानपत्र ग्रहण गरे ।

गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा महासंघ आवद्ध गैसस सहभागी भएका थिए ।

saark school
सम्बन्धित
Loading...