ghar sansar

खुला मञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, विभागीय टीमको विजयी सुरुवात

सुदूरपश्चिम र कर्णाली प्रदेशको खेल बरारबरीपछि स्थगित

Amity

महेन्द्रनगर । खुला मञ्चमा आज(आइतबार) देखि सुरु तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा तीन विभागीय टीमले विजयी सुरुवात गरेका छन् । नेपाल पुलिस क्बल, नेपाली सेना र सशस्त्र प्रहरीले उद्घाटन खेलमा विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको खेल स्थगित भएको छ । कार्यक्रम उद्घाटनपछि भएको खेलमा दुबै टीमले एक÷एक खेल जितेपछि ब्याड लाइटका कारण स्थगित गरिएको हो ।

lotus institite

आइतबार उद्घाटन अघि भएका खेलमा विभागीय टीमले प्रतिस्पर्धीलाई सोझो ३–० सेटमा पराजित गरे । विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेश, त्रिभुवन आर्मी क्बल बाग्मती प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लबले मधेश प्रदेशलाई सोझो सेटमा हराएको हो ।

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका सात गरी १० टीम सहभागी भएका छन् ।

सुदूरपश्चिम खेलकूद परिषद्ले आयोजना कञ्चनपुुर जिल्ला भलिबल संघको सहकार्य र व्यवस्थापनमा प्रतियोगिता आयोजना गरेको छ ।

परराष्ट्र मन्त्री एनपी साउँदले प्रतियोगिता उद्घाटन गरे । उनले खेलाडी र प्रशिक्षकहरुलाई तालिमको व्यवस्था गर्न पहल गर्ने बताए ।

कार्यक्रममा मन्त्री साउँदले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरबको योजना बनाउने प्रक्रिया थालिएको जानकारी दिए ।

सूदूरपश्चिम खेलकूद समितिका अध्यक्ष सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले कञ्चनपुर भलिबलका खेलाडीका उर्वर भूमि भएकाले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी वर्ष कबर्ड हलभित्र भलिबल प्रतियोगिता गर्ने प्रतिवद्धता गरे ।

मन्त्री साउँद अघि कोशी खेलकूद परिषद्का सदस्य सचिव हंशराज बाग्लेले कार्यक्रमका प्रमुख अतिथि साउँद र सामाजिक विकास मन्त्री साउँदलाई अर्को वर्ष कबर्ड हलभित्र प्रतियोगिता आयोजनाका लागि आग्रह गरेका थिए ।

मन्त्री साउँदले वाग्लेको आग्रहपछि कबर्ड हलमा बहुउद्देश्यीय कबर्ड हल निर्माण कार्य भई रहेको र अर्को वर्ष कबर्ड हलभित्र प्रतियोगिता गरिने बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामी लगायतले शुभकामना मन्तव्य राखे ।

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्का सदस्य सचिव दिपक बहादुर सिहले कार्यक्रमको अध्यक्षता गरे । उनले प्रतियोगिता सफल बनाउन सबै कञ्चनपुरका वासिन्दाको साथ सहयोग हुने विश्वास व्यक्त गरे ।

कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले स्वागत मन्त्व्य राख्दै प्रतियोगितामा भलिबलको क्रेज देखिएको उल्लेख गरे ।

संघका सचिव उत्तम विष्टले कार्यक्रम सञ्चालन गरे । उद्घाटन कार्यक्रममा विभिन्न्न विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

     

तस्बिर :  डिल्लीराज पन्त

Himal dental
सम्बन्धित
Loading...