
महेन्द्रनगर । सूर्याेदय बहुद्देश्यीय सहकारी संस्था लि.का शेयर सदस्यले दीर्घायु क्लिनिक एण्ड मेडिकेयर तथा लाइफ लाइन प्याथोलोजीबाट छुट पाउने भएका छन् ।
सोमबार दीर्घायु क्लिनिक र लाइफ लाइन प्याथोलोजीबाट सेवा लिने सूर्योदयका शेयर सदस्यलाई औषधि तथा प्रयोगशाला परीक्षणमा छुट दिने सम्झौता गरिएको हो ।

सूर्योदयका अध्यक्ष ईश्वरी प्रसाद खरेल र दीर्घायु क्लिनिकका सञ्चालन हिक्मत बुडा र लाइफ लाइन प्याथोलोजीका सञ्चालक मोहन सिह ठगुन्नाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार दीर्घायु क्लिनिक एण्ड मेडिकेयरबाट सहकारीका शेयर सदस्य र उनीहरुका घर परिवारका सदस्यले खरिदमा ७–१० प्रतिशत छुट पाउने छन् । यसैगरी लाइफ लाइन प्याथोलोजीबाट ३५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख गरिएको छ ।
सूर्याेदयले लाइफ केयर प्याथोलोजीसित छुटका लागि यस अघि सम्झौता गरि सकेको छ । लाइफ केयरले पनि सूर्योदयका शेयर सदस्यलाई ३५ प्रतिशत छुट दिने गरेको छ ।
सूर्योदयका अध्यक्ष खरेलले शेयर सदस्यलाई विभिन्न प्राविधिक सेवा र सुविधा उपलब्ध गराउने योजना अनुसार औषधि र प्रयोगशाला सेवामा छुटका लागि सम्झौता गरिएको बताए ।
भीमदत्त नगरपालिका १८ जानकी टोलमा कार्यालय भएको सूर्योदय बहुउद्देश्यीय सहकारीमा ६ हजार बढी शेयर सदस्य छन् ।
