ghar sansar

आशातित प्रगति

dirghayu ad

महेन्द्रनगरको खुला मञ्चमा आइतबार देखि सुरु तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सञ्चान भएको छ । सुदूरपश्चिम खेलकूद परिषद्ले आयोजना कञ्चनपुुर जिल्ला भलिबल संघको सहकार्य र व्यवस्थापनमा प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने छ जसमा तीन विभागीय सहित सात प्रदेशका सात गरी १० टीम सहभागी भएका छन् । खेलकुदको विकास र विद्यालय स्तरबाटै खेलप्रतिको रूचि बढाउन विभिन्न खेलकुद प्रतियोगिताहरू हुने गरेका छन् । राष्टपति रनिंग शिल्ड प्रतियोगिता भरखर मात्र सम्पन्न भएको छ । पछिल्ला दश वर्षयता मुलुकको खेलकुदले आशातीत प्रगति गरेको छ । खेलकुदमा लागेर पनि अबका दिनमा भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भइरहेको छ ।

नया“ प्रतिभाले अवसर पाउने र पुरानाहरू निखारिदै जानुले समग्र देशको खेलकुदमा योगदान बढ्नेछ । तर प्रतियोगिताको उद्देश्य प्रतियोगिताले पूरा गर्न सक्नु पर्छ । केही प्रतियोगिता प्रतियोगिताका नाममा मात्रै देखिएका छन् । तल्लो तहबाट हँुँदै आउने प्रतियोगिताले खेललाई थप हौसला प्रदान गर्ने वातावरण निर्माण हुनु पर्छ । त्यहि अनुसार खेल वातावरण र पूर्वाधार जोडिनु पर्छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउ“दले आगामी वर्ष कबर्ड हलभित्र मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने घोषणा गरेका छन् । विशिष्ठ अतिथिका रुपमा सहभागी मन्त्री साउँदले कबर्ड हलमा १३ करोड लगानीमा बहुउद्देश्यीय कबर्ड हल निर्माण भई रहेको र त्यसमा प्रतियोगिता गर्ने बताएका छन् । मन्त्रीले बोलेको कुरा पूरा हन्छ कि हुँुदैन प्रतिक्षा गरौ । खेलको विकासका लागि चाहिने पुर्वाधार भएमा खेलको विकासबाट देश विश्वसामु सहजै चिनिन सक्छ । तर खेलकुद मन्त्रालय र संगठनहरु खेलकुदलाई प्रवद्र्धन गर्ने भन्दा पनि आप्mना मान्छे भर्ना गर्ने, भ्रष्टाचार गर्ने र राजनीतिको थलो बमाउने गरेकाले केही व्यक्तिहरुले आर्थिक लाभ आर्जन गर्न यस्ता प्रतियोगिताहरु हुने गरिन्छन् । राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित खेलले गर्र्ने गर्दछ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन भयो भने त्यो देशको राष्ट्रिय सम्पत्ति हो । खेलकुद विकासको विकास र वातावरणका लागि खेल पूर्वाधार महत्वपूर्ण हुन्छ ।

ratnam malkhad

खेलको प्रवद्र्धनका लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक छ । नेपाली खेलकुदकै सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषदमा एक सय ५० भन्दा बढी खेलसम्बद्ध संघ, संस्था आबद्ध छन् । तर, यीमध्ये व्रिmकेट, फुटबल, गल्फ, तेक्वान्दो, कराते, सुटिङ, बास्केटबल, भलिबल, ब्याडमिन्टन, पौडी जस्ता केही खेलमा मात्र सक्रियता देखिन्छ भने बाँकी खेल संघका पदाधिकारीले कमाइखाने भा“डो बनाइरहेका छन् । अहिले भइरहेको खेलको बारेमा पनि नाना थरी सवालहरु उठ्ने गरेका छन् । धेरै जसोले यस प्रतियोगितालाई पनि कमाइ खाने भाँडो भनेका छन् । राष्टपति रनिंग शिल्ड झारो टार्ने मात्र काम भएको छ । यसरी व्यक्ति पोस्ने र झारो टार्ने कामले खेलको विकास सम्भव छैन ।

Himal dental
सम्बन्धित
Loading...