महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ मा काँग्रेसको समुदायमा काँग्रेस अभियान अन्र्तगत मंगलबार वडाको विस्तारित बैठक बसेको छ । काँग्रेसले शहिद दिवसको अवसर पारी मंगलबारदेखि सुरु गरेको अभियान अन्र्तगत विस्तारिक बैठक बसेको छ ।
नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य गौराज बहादुर लिम्बुको प्रमुख आतिथ्यमा बसेको बैठकको अध्यक्षतामा वडा सभापति पुरन क्षेत्रीले गरेका छन् । बैठकमा छलफल अघि शहिद दिवसको अवसर पारी शहिदहरुमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
समुदायमा जाऔ, जनताका कुरा सुनौ भन्ने नारा सहित सुरु अभियान अन्र्तगत बैठकमा प्रमुख अतिथि लिम्बुले समुदायमा काँग्रेस अभियान सम्बन्धि जानकारी दिए ।
वडा सभापति क्षेत्रीय समुदायमा काँग्रेस अभियान अन्र्तगत माघ २४ गतेसम्म वडा स्तरीय विभिन्न सामाजिक रचनात्मक कार्य गरिने र त्यसपछि दुई दिन जिल्ला स्तरमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
माघ २६ गते सुशिल कोइराला स्मृति दिवसको दिन काँग्रेस पार्टी कार्यालयमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्टको उपस्थितिमा कार्यक्रम समापन गरिने वडा सभापति क्षेत्रीले बताए ।
बैठकमा काँग्रेस जिल्ला समिति सदस्य नर बहादुर साउँद, भीनपा १२ का वडा अध्यक्ष भुपेन्द्र रावल, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. ३ का सचिव गंगादत्त भट्ट, निवर्तमान वडा अध्यक्ष कृष्ण सिह देउपा लगायत जनप्रतिनिधि, नेता कार्यकर्ता, स्थानीय सहभागी भएका छन् ।