महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हेर्न आएका बैतडीको दशरथचन्द नगरपालिका ४ का वडा अध्यक्ष भानदेव भट्टले भलिबलका खेलाडी निरुता ठगुन्ना र आयुष्मा पुन(मगर)लाई सहयोग गरेका छन् ।
वडा अध्यक्ष भट्टले मंगलबार कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीलाई दुबै खेलाडीका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
कञ्चनपुर जिल्ला भलिबल संघका मौनीले भलिबलका राष्ट्रिय खेलाडी आयुष्माको कलेजो प्रत्यारोपणका लागि ३ हजार १सय र अर्की राष्ट्रिय भलिबलकै खेलाडी निरुतालाई पल्सर अवार्डमा विजयी गराउन ३ हजार १ सय रुपैया सहयोग गरेको जानकारी दिए ।
संघले यी दुबै खेलाडीको सहयोगका लागि प्रतियोगिताको टिकटबाट संकलन हुने रकमबाट सहयोग गर्ने बताएको छ ।