ghar sansar

अमर सहिद आधारभूत विद्यालयले मनायो ३१ औं वार्षिकोत्सव

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्ति अमर सहिद आधारभूत विद्यालयले विविध कार्यक्रमका साथ मंगलबार ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिह सार्कीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य सार्कीले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि आफूले सक्दो गर्ने बताए ।

lotus institite

प्रदेश सभा सदस्य सार्की आफूले सामुदायिक विद्यालयको व्यवस्थापन समितिको नेतृत्व गरेको स्मरण गर्दै सामुदायिक शिक्षा सुधारका लागि सबै क्षेत्रको साथ सहयोग चाहिने उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कँडेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रधानाध्यापक हरिश प्रसाद जोशीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा सहिद दिवसको अवसरमा सहिदहरुको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । 

कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, शिक्षा समितिका सदस्य भगवती थापा, बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिराज विष्ट, भीनपा १८ का वडा सचिव दिनेशराज भट्ट, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तर्कराज भट्ट, एन प्याब्सन सचिव बलदेब प्रसाद भट्ट, समाजसेवी नारायण सिह विष्ट, लेखक वंशिधर जोशी लगायतका व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी सहभागी भएका छन् ।

विद्यालयका प्रधानाध्यापक जोशीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्राङ्गणमा बर्खामा पानीले भरिएर समस्या हुने गरेको उल्लेख गर्दै माटो भरानका लागि स्थानीय सरकारसित पटक पटक आग्रह गर्दै आएको बताए ।

अमर सहिदमा विशेष कक्षा अन्र्तगत सुस्त श्रवण तथा बहिरा कक्षा सञ्चालन हुँदै आएको छ । विशेष कक्षामा ३० जना विद्यार्थी छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कँडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक संरचना विकासका लागि सरकारी तथा गैर सरकारी निकायसित समन्वय गर्दै आएको बताए ।

विद्यालयका शिक्षक सोमराज जोशीले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विद्यालयले वार्षिकोत्सव कार्यक्रममा पठनपाठन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...